समाचार

    Showing ७४१-७५० of २६,७९८ items.
  • विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौँ। विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ ।यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ ।अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवद्र्धन गर्ने सहयोग गर्ने, युवा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३१ पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नुहुने कार्यसूची छ ।यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्नुहुनेछ ।कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।सात संसदीय

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ३६४ पटक पढिएको
  • उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

    ललितपुर। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराएको छ ।कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज, सिरहालगायतका स्थानमा नि

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ४०२ पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २४३ पटक पढिएको
  • डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

    म्याग्दी। म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ ।  मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टर्वो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।  पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्त १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।  आयोजनाका सहायक प्रबन्धक इञ्जिनियर सुरज गु

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ५४१ पटक पढिएको
  • कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

    भद्रपुर। झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ । नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उहाँका अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ ।  “भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहजरूपमा अघि बढिरहेका छन्,” उहाँल

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २०५ पटक पढिएको
  • शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग

    काठमाडौँ। नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।  परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।  यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भव

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९८ पटक पढिएको
  • लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन्। घटनालगत्तै सुरक्षाकर्मी घटनास्थल पुगे पनि लामो समयसम्म खोजी गर्दा उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।बेपत्ता हुनेमा १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन्।घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले नदीमा खोजी थालेको थियो। सामान्य खोजीबाट बालबालिका फेला नपरेपछि सशस्त्र प्रहरीले डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलमा पठाएको छ।सशस्त्र प्रहरी

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २५१ पटक पढिएको
  • सोसल मिडियाको ‘मनपरी’मा ब्रेक: गाली-बेइज्जती गरे सजाय

    काठमाडौं । सामाजिक सञ्जालमा लेखेको वा बोलेको भन्दै जस्तोसुकै अभिव्यक्तिले कानुनी उन्मुक्ति नपाउने सरकारले स्पष्ट पारेको छ । कसैको प्रतिष्ठा, चरित्र वा ख्यातिमा आँच पु-याउने गरी आधारहीन आरोप लगाउने, अपमानजनक शब्द प्रयोग गर्ने वा त्यस्तो सामग्री प्रचार गर्ने कार्य कानुनी कसूर बन्न सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सचेत गराएको हो ।कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत गाली तथा बेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाबारे सार्वजनिक सचेतना सन्देश जारी गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालसहित सार्वजनिक स्थान वा अन्य कुनै माध्यमबाट गरिने अपमानजनक गतिविधिमा पनि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २१७ पटक पढिएको
  • ५२ करोडको बिगो दाबीमा शेखर गोल्छाको बयान

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार विशेष अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध दायर मुद्दामा बयान सुरु भएसँगै अब अदालतको प्रक्रिया थुनछेकतर्फ अघि बढ्ने भएको छ ।गोल्छा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयानका लागि उपस्थित भएका हुन् । उनको बयान अहिले चलिरहेको छ ।बयान सकिएपछि अदालतमा थुनछेकसम्बन्धी बहस सुरु हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भएपछि गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २५९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.