समाचार

    Showing 741-750 of 18,277 items.
  • साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    खोटा। साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्र

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 195 पटक पढिएको
  • आज देशभरको मौसम सफा रहने

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 165 पटक पढिएको
  • मापदण्ड पालना गर्नेलाई अनुगमन आउनु र नआउनुले फरक पार्दैनः उपप्रमुख डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताईन् । उनले भनिन्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 182 पटक पढिएको
  • हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

    मकवानपुर— सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 179 पटक पढिएको
  • सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 169 पटक पढिएको
  • आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बैठक बस्ने तय भएको हो ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, आजको बैठकमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, पूर्व मुख्य सचिव शंकरदास बैरागी, अध्यागमन विभाग महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई आमन्त्रित पनि गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 182 पटक पढिएको
  • बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह

    बाजुरा— बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो ।जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो ।स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन बाजुराका निमित्त निर्वाचन अधिकारी

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 178 पटक पढिएको
  • आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइदैँ

    काठमाडौं— आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने गरिएको छ ।  राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बद

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 172 पटक पढिएको
  • जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक

    काठमाडौं— जानकी मन्दिरमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज धूमधामका साथ ‘नगर दर्शन’ सम्पन्न भएको छ। बिहानैदेखि जनकपुरधाममा भीड बढ्दै गएपछि मन्दिर परिसर तथा आसपासका मार्गहरू श्रद्धालु भक्तजनले भरिएका थिए।हजारौं भक्तजनले नगर दर्शनमा सहभागी हुँदै जानकी मन्दिरदेखि शहरका विभिन्न प्रमुख स्थलसम्मको यात्रामा उत्साहपूर्वक सहभागी भए। स्थानीयवासीदेखि देश–विदेशबाट आएका दर्शनार्थीले नगर दर्शनको धार्मिक तथा सांस्कृतिक महिमा आत्मसात् गर्दै उल्लासपूर्वक सहभागिता जनाएका छन्।महोत्सवको प्रारम्भिक दिनमै यस्तो व्यापक भीड देखिनु जनकपुरधामको सांस्कृतिक आकर्षण र विवाहपञ्चमी पर्वप्रति जनआस्थाको

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 176 पटक पढिएको
  • एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतिय

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 195 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा