समाचार

    Showing 751-760 of 18,277 items.
  • बाजुराको गौमुलमा बाघको बिगबिगीः फर्म भित्रका ४४ कालिज सखाप

    बाजुरा— बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् ।एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका  स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि  स्थानीय त्रसित बनेका थिए ।त्यसलगत्तै एकहप्ता पछि पुनः सोही वडाको सटेडामा  बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ । स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएको हो ।स्थानीय रोकायाक

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 176 पटक पढिएको
  • बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा

    लन्डन— गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ ।केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताए ।  उनले परिवारको आग्रह अनुसार स्व योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 64 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द

    सिरहा— गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् ।युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 183 पटक पढिएको
  • व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

    काठमाडौं— द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा/उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो ।द क्लिफले यसभन्दा पहिले २०८० / २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका निर्देशक राजन कुमार जोशीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।राजु कार्कीको परि

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 185 पटक पढिएको
  • आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।यस्तै, राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 183 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 185 पटक पढिएको
  • आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल मंसिर ५ गते बुधबार। मेषः दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।वृषः दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।मिथुनः दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्ने । तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । रा

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 193 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको गतिविधि रोक्का गर्न माग गर्दै जनकपुरधामका विभिन्न युवा संगठनमा आवद्ध युवाहरुले माग गरेका छन्सर्वोच्च अदालतले नीतिगत तथा दिर्घकालिन प्रभाव पार्ने निर्णय गर्न रोक लगाएको मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का राख्न माग गर्दै सात दल निकट युवा संगठनहरुले बिहीबार (आज) मेधश प्रदेशका प्रदेश प्रमुख डां सुरेन्द्र लाभ कर्ण समक्ष माग गरेको छ ।युवाहरुले प्रदेश प्रमुख डा. लाभलाई ज्ञापन पत्र बुझाउदै सर्वोच्च अदालतको आदेशले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संसदीय लोकतन्त्रको मूल्य, मान्यता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको प्रथम दृष्टिमै पुष्

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 215 पटक पढिएको
  • बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचारः ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा.नम्बर ६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोपमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रा

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 168 पटक पढिएको
  • एनपीएलः लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 187 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा