काठमाडौं / नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूच
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको परीक्षामा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी भइरहेका बेला परीक्षा आचारसंहितामा कडाइ गरेको छ। विश्वविद्यालयले नक्कल, चिट, मोबाइल वा अन्य निषेधित सामग्री प्रयोग गरेको पाइए परीक्षा तत्काल रद्द हुने मात्रै होइन, कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको हो।त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसे ले परीक्षा निष्पक्ष र मर्यादित बनाउन सबै विद्यार्थीलाई नियम पालना गर्न आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा परीक्षा कर्मचारीलाई जानकारी गराउन अनुरोध गरेका छन्।विश्वविद्यालयले जारी गरेको ६ बुँदे निर्देश
जनकपुर / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जन
काठमाडौं / नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४ हजार ४१० सयमा कारोबार भएको भएको थियो ।
काठमाडौं। नेपालको सडक पूर्वाधारमा नयाँ इतिहास लेखिएको छ। करिब सात वर्षको निर्माण, अनेक चुनौती र पटक–पटकको समयसीमा विस्तारपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः औपचारिक रूपमा सञ्चालनमा आएको छ। तर सुरुमै सबै सवारीसाधनलाई भने प्रवेश दिइएको छैन। परीक्षण अवधिमा एम्बुलेन्स, दमकल र अत्यावश्यक सेवाका सवारी मात्रै सुरुङभित्र गुड्नेछन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग–जाइका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्। करिब ८० महिनाको निर्माण यात्रा पार गरेको यो परियोजनालाई नेपालको आधुनिक सडक पूर्वाधार व
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढ्न थालेको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको बुलेटिनमा काठमाडौं उपत्यकासहित देशका २३ जिल्लामा बहने साना नदी तथा खोलाहरूमा आज उल्लेख्य रूपमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले विशेष गरी नदी किनार, खोल्साखोल्सी, पहिरो जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशका प्रमुख नदी प्रणालीहरू-कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका अधिकांश सहायक नदीहरूको बहाव सतर्कता तहभन्
गण्डकी। पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिनुभएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् ।गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम। आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आज मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते हुनुभएको थियो । उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उहाँलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए ।त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । घट
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी. को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.