समाचार

    Showing ७९१-८०० of २६,७९८ items.
  • तीन दिनदेखि हराएका पूर्वमेयर सिंह तिलौराकोट जंगलमा मृत फेला

    कपिलवस्तु । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंहको शव तिलौराकोट सामुदायिक वनमा फेला परेको छ । शुक्रबार घरबाट निस्किएका ६५ वर्षीय सिंहको खोजीमा खटिएको टोलीले आइतबार जंगलभित्र उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । घरबाट निस्किएको केही समयपछि करिब साढे ३ बजे उनले आफूनजिकका व्यक्तिलाई फोन गरेर आफू जंगलमा बाटो बिराएको जानकारी गराएका थिए ।त्यसपछि आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्ग

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २०३ पटक पढिएको
  • ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन -कालोबजारीमाथि निगरानी

    काठमाडौं । बजारमा ग्यासको अभाव देखिएपछि सरकारले कालोबजारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी थालेको छ। भारतबाट ग्यास आयातमा समस्या नरहेको अवस्थामा पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा यस्तो कदम चालिएको हो। उद्योगमन्त्री गौरी यादवले आपूर्ति सहज हुँदाहुँदै उपभोक्ता ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था र महँगो मूल्यमा बिक्री भइरहेको गुनासोबारे चासो लिएपछि गृहमन्त्री सुधन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्। मन्त्री यादवको आग्रहपछि गृहमन्

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १७४ पटक पढिएको
  • क्यानडाको सपना देखाएर ३७ लाख कुम्ल्याएको आरोपमा दुलाल पक्राउ

    काठमाडौं । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाललाई काठमाडौंको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो ।वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साउन २४ गते दुलाललाई पक्राउ गरेको जनाएको छ । उनले क्यानडामा रोजगारी लगाइदिने भन्दै एक व्यक्तिलाई विश्वासमा पारेर ३७ लाख रुपैयाँ लिएको तर विदेश पठाउने प्रक्रिया अघि नबढाएको आरोप लागेको छ ।विदेश जाने सपना देखाएर ठूलो रकम असुलिएको उजुरीपछि विभागले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि काठमाडौंमा खोजी तीव्र बन

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ३१० पटक पढिएको
  • कृत्रिम अभाव रोक्न सरकार सक्रिय, ग्यास खरिदमा संयम अपनाउन आग्रह

    काठमाडौं / उद्योग मन्त्रालयले एलपी ग्यासको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।मन्त्रालयका अनुसार बजारमा देखिएको समस्या मुख्यतः कृत्रिम अभाव र कालोबजारीका कारण उत्पन्न भएको हो। मन्त्रालयले ग्यासको कालोबजारी तथा अनियमितता नियन्त्रणका लागि नेपाल आयल निगमसँग समन्वय गरी निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यस क्रममा भक्तपुरबाट कालोबजारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी पनि दिएको छ।ग्यासको अभाव देखाएर कृत्रिम संकट सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनियमित गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १४९ पटक पढिएको
  • खारेजीको सूचीबाट ‘फ्रन्टलाइन’मा फर्किँदै यातायात प्राधिकरण

    काठमाडौं । वर्षौँदेखि अस्तव्यस्त रहेको काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधार्ने जिम्मेवारी पाएको प्राधिकरण आफैं खारेजीको सूचीमा पुगेको थियो। तर अहिले त्यही प्राधिकरणलाई सरकारले ऐन संशोधन गरेर थप अधिकारसहित पुनः सक्रिय बनाउने तयारी गरेको छ।संघीय संसदमा पेस भएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण (पहिलो संशोधन) विधेयक, २०८३’ ले प्राधिकरणलाई केवल समन्वय गर्ने निकायमा सीमित नराखी उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन गर्ने शक्तिशाली संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।अब कुन रुटमा कति बस? प्राधिकरणले तोक्नेप्रस्तावित व्यवस्थाअनुसार प्राधिकरणले एकीकृत रुट योजना बनाउने,

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १३१ पटक पढिएको
  • नेपालमा रोकियो तिब्बती सम्मेलन, आयोजकको ‘कडा जवाफ’

    काठमाडौं । नेपाल सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै रोक लगाएको अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन रोकिएन। नेपालमा गर्न नदिएपछि आयोजकले सम्मेलनलाई भर्चुअल माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ। इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज ९आईएटीएस० ले अगस्ट २३ देखि २९ सम्म तय भएको १७औँ सेमिनार तोकिएकै मितिमा अनलाइनमार्फत गर्ने घोषणा गरेको हो। काठमाडौं विश्वविद्यालय सहआयोजक रहेको सम्मेलनमा अन्तिम समयमा सरकारले रोक लगाएपछि विश्वविद्यालयले आयोजकको जिम्मेवारीबाट हात झिकेको थियो। त्यसपछि आईएटीएस बोर्डले सम्मेलनको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय गरेको हो।आयोजकका अनुसार ७०० भन्दा बढी सहभागीले शुल्क त

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ११० पटक पढिएको
  • मेस्सीको फुटबल यात्रामा पिताको अविस्मरणीय योगदान

    काठमाडौं /अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै विश्व फुटबलमा मेस्सीको सफल यात्राका प्रमुख प्रेरक र मार्गदर्शकका रूपमा जर्जको योगदान पुनः चर्चामा आएको छ। स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका जर्जले पछि आफ्नो पेशा परिवर्तन गर्दै छोरा लियोनल मेस्सीको एजेन्ट र रणनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। उनले बाल्यकालदेखि नै मेस्सीको प्रतिभामा विश्वास गर्दै फुटबल करियर निर्माणका लागि निरन्तर साथ दिएका थिए।मेस्सीलाई अर्जेन्टिनाको क्लब न्यूइल्स ओल्ड ब्वाइजमा खेल्ने अवसर दिलाउनदेखि १३ वर्षको उमेरमा स्पेन लगेर बार्सिलोनाको य

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १६४ पटक पढिएको
  • वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    काठमाडौँ। वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः००

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २५२ पटक पढिएको
  • मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ३३१ पटक पढिएको
  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    काठमाडौँ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.