काठमाडौं— गत महिना हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर एक कार्गो विमान दुर्घटना भयो। दुबईबाट आएको बोइङ ७४७ अवतरणका क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खस्दा विमानस्थलका दुई कर्मचारीको ज्यान गयो। रनवेबाट चिप्लिएको विमानले एयरपोर्ट सुरक्षा गस्तीलाई ठक्कर दिँदा गाडीमा सवार कर्मचारीको मृत्यु भएको हो। विमानमा सवार यात्रुको भने सकुशल उद्धार भएको थियो।विमानस्थलको उत्तरी रनवेमा दुर्घटना भएको विमानमा चालक दलका दुई जना सदस्य थिए। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स दुई हप्तापछि समुद्रबाट निकालिएको थियो। सोही विमानको प्रारम्भिक अनुसन्धान रिपोर्ट हवाई दुर्घटना अनुसन्धान प्राधिकरण
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।उनले भने,‘सकेसम्म संयमित भएर काम गर्नुपर्ने आलोचनाबाट बच्नुपनि पर्ने कानुन संवत पनि हुनुपर्ने सन्दर्भमा अहिले करको दर चलाउँदा सरकारको ध्यान निर्वाचनतिर छ । सत्ता हस्तान्तरण गर्नु
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी
काठमाडौं— भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ ।१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पे
बारा— बाराको सिमरा क्षेत्रमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच विवाद चर्किँदै झडपसम्म पुगेको घटनापछि वातावरण तनावपूर्ण बनेको छ।युवाहरूको जथाभावी भीड तथा विरोधका बीच सिमरा विमानस्थल परिसर अत्यधिक संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रदर्शनमा सहभागी जेन–जी समूहका युवाले विमानस्थलको मुख्य गेट समेत भत्काइदिएका थिए, जसपछि सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको हो।बुधबार परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा हुँदै जाँदै थिए। कार्यक्रमबारे जानकारी पाएपछि केही स्थान
विराटनगर— कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो। प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।
काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गत आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष भने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ ।चालु आवको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन २ हजार ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
विराटनगर— ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन ।रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन् । स्थानिय इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोड
काठमाडौं— नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ ।जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी, नेपाल खानेपानि संस्थान, नेपाल वन निगम लिमिटेड सहित १९ वटा संस्थाहरुको बैठक भत्ता सबैभन्दा कम अर्थात प्रतिबैठक २ हजार रुपैयाँ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.