समाचार

    Showing ८०१-८१० of २६,७९८ items.
  • बढ्दै ग्यासको आयात, हट्दै अभाव

    काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ ।गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ ।निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले १४.२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो । “उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २७८ पटक पढिएको
  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    सुदूरपश्चिम। खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ ।त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली गाउँका मौलिक जीवनशैली, पदयात्रा, जलपर्यटन र साहसिक गतिविधि सुदूरपश्चिमको पर्यटन विकासका बलिया आधार हुन् । यी सम्भावनालाई सरकारले पनि वर्

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २३२ पटक पढिएको
  • हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

    सुनसरी। “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ”, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका स्थानीय पदम राई भन्नुहुन्छ ।विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आउनुभएका राईले एक बिघा जमिनमा धान र मकैखेती गर्नुका साथै केही गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आउनुभएको छ । वर्षभरि दुःख गरेर खेतीपाती गरेर आम्दानी गर्नुभन्दा पनि बर्सेनि नजिकिँदै आएको सप्तकोशीले उहाँलाई बढी चिन्तित बनाएको छ ।“हरेक वर्ष कटान बढ्दै गएको छ । अहिले हामी सबै मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा भरेर किनार जोगाउने प्रयास गरिरहेका छौँ । तर ठूलो बाढी आयो भन

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ३५७ पटक पढिएको
  • हुलाकबाट एक करोड राजस्व सङ्कलन

    नारायणगढ। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो । गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ ह

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २०७ पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र ब

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २३८ पटक पढिएको
  • झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

    भद्रपुर। झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए । मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख र सख्त घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिनुभयो ।त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत रु एक लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत रु १५ लाख २० हजार २६४, २६८ घरगोठम

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २३८ पटक पढिएको
  • नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला

    काठमाडौं / परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। सोही चापलाई व्यवस्थापन गर्न विभाग

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २८४ पटक पढिएको
  • पर्वतको फलेवास पाङराङमा बाढी–पहिरोले मच्चायो वितण्डा

    निर्मल पौडेल,पर्वत । अविरल वर्षापछि आएको बाढी र पहिरोले पर्वतको फलेवास नगरपालिका–११ पाङराङ का विभिन्न बस्तीमा ठूलो भौतिक क्षति पु-याएको छ। श्रावण २० र २१ गते परेको लगातार वर्षाका कारण खोरियाखर्क, श्रीकाङ, कर्नास, अम्डी, लौकेलगायत क्षेत्रमा पहिरो जाँदा धार्मिक सम्पदा, निजी घर, कृषि बगैँचा, सडक तथा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको हो।स्थानीय तथा शिक्षक नेत्र बरालका अनुसार हालसम्म प्राप्त जानकारीअनुसार कर्नासस्थित नारायणस्थान मन्दिर, देवीस्थान तथा ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही स्थानमा भोला श्रेष्ठको घर जगदेखि माथिसम्म चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेको छ।श्रीकाङ (खो

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४४ पटक पढिएको
  • मोदीबेनी–फलेवास सडकखण्डको काम तत्काल अघि बढ्छ : सांसद भुसाल

    काठमाडौं । बहुप्रतीक्षित कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीबेनी–फलेवास सडकखण्ड निर्माणले नयाँ गति लिने भएको छ । लामो समयदेखि अलपत्र बनेको सडक निर्माणलाई अघि बढाउने विषयमा सिंहदरबारमा सरकारी अधिकारी र निर्माण कम्पनीबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो । लोकमार्गअन्तर्गतको सडकखण्ड अब मोदीबेनीबाटै निर्माण सुरु हुने भएको हो । संघीय सांसद सागर भुषालका अनुसार सिंहदरबारमा भएको छलफलमा नव कान्तिपुर निर्माण सेवाका सञ्चालक तथा प्रतिनिधि र कालीगण्डकी लोकमार्ग आयोजनाका सरकारी अधिकारी सहभागी भएका थिए। छलफलपछि मोदीबेनीतर्फबाटै निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको उनले जानकारी दिएका छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३२ पटक पढिएको
  • कुश्मा बसपार्कमा अनिवार्य प्रवेशको नियमविरुद्ध यातायात व्यवसायी आन्दोलनमा

    पर्वत। पर्वतको कुश्मा नगरपालिका–६ स्थित बसपार्कमा सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा प्रवेश गर्नुपर्ने तथा यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कबाटै गर्नुपर्ने व्यवस्थाको विरोधमा यातायात व्यवसायी र चालक आन्दोलनमा उत्रिएका छन्।कुश्मा नगरपालिकाले बसपार्क व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले उक्त निर्णयले सञ्चालन खर्च बढ्ने, समय व्यवस्थापनमा समस्या आउने तथा यात्रु सेवामा समेत असर पर्ने दाबी गरेका छन्।आन्दोलनरत व्यवसायीहरूले बसपार्क प्रवेश अनिवार्य गर्ने निर्णय तत्काल पुनर्विचार गर्न मा

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.