काठमाडौं / सार्वजनिक सडकमा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी भार बोक्ने क्रम नियन्त्रण गर्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा मालवाहक सवारीको वजन परीक्षणलाई अनिवार्य गर्ने व्यवस्था समेटिएको हो। विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेको मालवाहक सवारीलाई तौल पुलमा परीक्षण गर्नुपर्ने र बढी भएको भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसबाट ओभरलोड नियन्त्रण गर्नुका साथै सडक संरचनामा पर्ने अतिरिक्त भार कम गर्ने उद्देश्य राखिएको छ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक सुरक्षा, दुर्घट
काठमाडौं / प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक सम्पन्न गरी ३८४ वटा निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। चौमासिक प्रतिवेदन भनिए पनि सार्वजनिक विवरणमा वैशाख, जेठ र असार गरी तीन महिनामा भएका काम समेटिएका छन्। प्रतिवेदनअनुसार उक्त अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट १२ वटा निर्णय भएको उल्लेख छ।सरकारले यस अवधिमा नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ तर्जुमा ग
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन
रुकुम / रुकुम पश्चिममा थुनुवा बोकेर फर्किएको जिल्ला कारागार कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।बिहीबार बेलुकी करिब पौने ८ बजे मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा कारागार कार्यालयको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छ
काठमाडौं। नेपालको पर्वतारोहण इतिहासमा आफ्नो साहस, समर्पण र अदम्य इच्छाशक्तिले छुट्टै पहिचान बनाएका वरिष्ठ पर्वतारोही पुरबहादुर गुरुङलाई बिहीबार राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा ज्यान गुमाएका गुरुङको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।ब्रोड पिकको आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा गुरुङसहित निर्मल पुर्जा लगायत १० पर्वतारोहीको मृत्यु भएको थियो, जसमा ६ जना नेपाली थिए। लामो प्रयासपछि गुरुङको शव नेपाल ल्याइएपछि परिवार, आफन्त, पर्वतारोही र शुभेच्छुकको उपस्थितिमा अन्तिम संस्कार सम्पन्न गरिएको हो।अन
काठमाडौं / सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत बढीभन्दा बढी व्यक्ति तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर तिर्ने संस्कृतिको विकास र डिजिटल प्रणालीको प्रयोग बढाउँदै करको दायरा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिले कर प्रणालीलाई पारदर्शी बनाउन तथा राजस्व चुहावट नियन्त्रण गर्न सहयोग पुग्ने बताए।उनका अनुसार डिजिटल माध्यमबाट कर प्रणालीलाई थप सहज र प्रभावकारी बनाउँदै करको दायराबाहिर रहेक
काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान करिब १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको
काठमाडौं/ आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो।करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्
दोलखा । तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक बैतेश्वर गाउँपालिकाको रहेको प्रारम्भिक जानकारी आएको छ । तर, पहिचान भइसकेको छैन ।बिहान ७ बजेतिरको उक्त घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।
काठमाडौं । आन्तरिक राजस्व विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भूसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको हो ।जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक-एक लाख रुपैयाँ नगद उपहार पाएका छन्।१ लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.