मुस्ता। नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो । उहाँले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए। उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति
काठमाडौ। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवम् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण परिपालनामा जोड दिएको छ । नेपाल राष्ट्र बैंकबाट विदेशी परिवत्र्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्राको कारोबा
भक्तपुर । बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ ।प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रात भरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवङ्गत पितृको सम्झन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए । उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चहान्छु । एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् । यो हाम्रो पार्टीविरुद्धको स
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् । यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।
काठमाडौं— आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समूदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समूदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँधै पछि छ भन्ने पुष्टि गरेको बताए । उनले भने,‘राज्यसत्ताको दमन र उत्पीडनको विरूद्ध आदिवासी जनजाति समुदाय
रौतहट— रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ । यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।विश
जनकपुर— मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।पत्र बुझ्दै
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.