समाचार

    Showing ८५१-८६० of २६,७९८ items.
  • ‘डिजिटल’ बन्दै खुला बजार कारोबार

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ ।  संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । केन्द्रीय बैङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ । खुला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा विभाजन गरिएको छ । वित्तीय

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २८३ पटक पढिएको
  • बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

    काठमाडौँ। कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा  जोडिनेछ ।  प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विद्युत् ऐन, २०४९ को दफा (४) को  व्यवस्थाअनुसार  विवरण खुलाई अनुमतिका

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २६० पटक पढिएको
  • बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ५१८ पटक पढिएको
  • चीनले आँखा तरेपछि बालेन्को ‘घुँडा टेकाइ’ ? तिब्बती सम्मेलनमाथि अन्तिम घडीमा ब्रेक

    काठमाडौं । तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम घडीमा सरकारले रद्द गरेपछि नेपालको कूटनीतिक निर्णय प्रक्रियामाथि फेरि प्रश्न उठेको छ। सम्मेलनको तयारी लगभग पूरा भइसकेको अवस्थामा आएको निर्णयले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ।यस घटनालाई धेरैले केही समयअघि मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित/रोकिएको घटनासँग पनि जोडेर हेर्न थालेका छन्। दुवै घटनामा चीनको चासोबारे सार्वजनिक बहस चलेपछि नेपालले संवेदनशील विषयमा बाह्य दबाब थेग्न नसकेको हो कि भन्ने प्रश्न फेरि सतहमा आएको छ। यद्यपि सरकारले यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको औपचारिक रूपमा स्वीकार गर

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २९२ पटक पढिएको
  • काठमाडौंमा हुक्का बन्द, होटल सञ्चालक पनि तानिने

    काठमाडौं । राजधानीका होटल, रेस्टुरेन्ट, लाउञ्ज र क्याफेमा वर्षौंदेखि खुलेआम चल्दै आएको हुक्का र चुरोटको धुवाँमाथि अन्ततः सरकारी आँखा परेको छ। सार्वजनिक स्थानलाई निजी धूम्रपान कक्ष बनाउने प्रवृत्तिलाई रोक्न सम्बन्धित निकायले कडा कदम चाल्ने घोषणा गरेको छ।अब होटल वा रेस्टुरेन्टभित्र ग्राहकले जथाभावी हुक्का ताने वा चुरोट सल्काए त्यसको जिम्मेवारी ग्राहकले मात्र होइन, त्यसलाई छुट दिने व्यवसायीले पनि बेहोर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने व्यक्ति र संस्थामाथि कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिइएको छ।राजधानीका महँगा लाउञ्जदेखि सामान्य रेस्टुरेन्टसम्म हुक्का ‘स्टाटस सिम्बोल’ जस्तै बनेको

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ३३७ पटक पढिएको
  • धवलशम्शेर–प्रसाईंको नयाँ राजनीतिक मोर्चा, ‘जय नेपाल पार्टी’ दर्ताको तयारी

    काठमाडौं । राजतन्त्र पक्षधर राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत देखिएको छ। प्राप्त जानकारीअनुसार डा. धवलशम्शेर राणा नेतृत्वको समूहले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरेको छ। स्रोतका अनुसार बुधबार नेता मुकुन्दश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले आगामी २८ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।आन्तरिक तयारीअनुसार पार्टीको सभापतिमा डा. धवलशम्शेर राणा रहनेछन् भने व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई सर्वोच्च नेता को भूमिकामा राख्ने समझदारी बनेको बताइएको छ। सचिवालय प्रमुख सगुनसुन्दर लावतीले यसबारे जानकारी दिएको स्रोतले जनाएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार यदि यो

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ४६९ पटक पढिएको
  • संसद्भित्र कालो चस्मामाथि 'रातो कार्ड'! बालेनको स्टाइलले सिंहदरबार नै तर्सियो?

    काठमाडौं– संसद्मा देशका जल्दाबल्दा मुद्दाभन्दा कालो चस्माले बढी चर्चा पाउन थालेपछि राजनीति फेरि एकपटक व्यंग्यको विषय बनेको छ।प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर प्रवेश गर्न नपाइने व्यवस्थालाई लिएर अहिले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहस चुलिएको छ। कतिपयले यसलाई संसद्को मर्यादा जोगाउने नियम भनेका छन् भने कतिले यो निर्णयलाई व्यक्तिको पहिरनमाथिको अनावश्यक कडाइका रूपमा चित्रण गरेका छन्।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान नै बनेको कालो चस्मा यतिबेला प्रत्यक्ष वा परोक्ष रूपमा संसदीय बहसको केन्द्रमा पुगेको छ। त्यसैले सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ– संसद् अब जनताका समस्या स

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २७६ पटक पढिएको
  • सेतीदोभानमा सडक दुर्घटना : दुई जनाको अवस्था गम्भीर

    चितवन। मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभान क्षेत्रमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवारी पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरू लमजुङको राइनास गाउँपालिका–४ निवासी ५० वर्षीय बलराम पराजुली र गोरखाको सिराञ्चोक गाउँपालिका–१ निवासी २० वर्षीय प्रशान्त घिमिरे हुन्। उनीहरू दुवै मोटरसाइकलमा सवार थिए। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको छ।प्रारम्भिक अनुसन्धानअनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँद

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २०७ पटक पढिएको
  • ११५ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय

    काठमाडौं। करिब चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अन्ततः पुनः सञ्चालनको तयारीमा जुटेको छ। समाज कल्याण परिषद्ले लगाएको ताला बुधबार खोलिएसँगै पुस्तकालय फेरि पाठकका लागि खुल्ने बाटो खुलेको हो।पुस्तकालयले परिषद्लाई करिब ३ करोड रुपैयाँ भाडा बक्यौता तिर्न बाँकी रहेको कारण गत ११५ दिनअघि तालाबन्दी गरिएको थियो। तर ज्ञान र शिक्षासँग जोडिएको संस्थाको महत्वलाई ध्यानमा राख्दै बक्यौता समस्या तत्काल समाधान नभए पनि परिषद्ले ताला खोल्ने निर्णय गरेको जनाएको छ।हाल पुस्तकालयभित्र लामो समयदेखि थन्किएका पुस्तकहरूको व्यवस्थापन, सरसफाइ तथा अन्य प्रशासनिक तयारी तीव्र रूपमा भ

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २१० पटक पढिएको
  • सडक बन्यो, अब कर पनि १ नतिरे जग्गै लिलाम

    काठमाडौं । सडक बनाउने नाममा अब सरकारले जग्गाधनीको ढोका ढकढक्याउने मात्र होइन, कर नतिरे जग्गै लिलाम गर्ने कानुनी बाटो खोल्ने तयारी गरेको छ।सार्वजनिक सडक निर्माणबाट प्रत्यक्ष लाभ लिने भन्दै सडकछेउका जग्गाधनीसँग एकपटकका लागि २५ प्रतिशतसम्म विकास कर उठाउने प्रस्ताव सरकारले अघि सारेको हो। त्यति मात्र होइन, तोकिएको समयभित्र कर नतिरे जग्गाको किनबेच रोक्का लगाउने र अन्तिम अवस्थामा लिलाम गरेर समेत रकम असुल गर्ने व्यवस्था प्रस्तावित विधेयकमा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ुसार्वजनिक सडक विधेयकु को मस्यौदाअनुसार सडक निर्माणका बेला जग्गा अधिग्रहण गर्दा निर्धारण गरिएको मुआब्जा मूल

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.