समाचार

    Showing ८६१-८७० of २६,७९८ items.
  • १८ महिनादेखि अवरुद्ध गमगढी–नाक्च्या सडक सञ्चालनमा

    मुगु / छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडक खण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण गरेको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सञ्चालनका लागि आवश्यक पहुँच मार्गमा पर्ने जग्गाको मुआब्जा सम्बन्धी विवाद समाधान हुन नसक्दा स्थानीयले सडक अवरुद्ध गरेका थिए । नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा भएको पहलपछि जग्गाधनी धनबहादुर मल्ल र छायाँनाथ रारा नगरपालिकाबीच मुआब्जा सम्बन्धी सहमति भएको छ । सहमत

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २३९ पटक पढिएको
  • दुबईमा लगातार सात विस्फोट: दुर्घटना कि सैन्य सन्देश? मध्यपूर्वमा नयाँ तनावको संकेत

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा लगातार भएका शक्तिशाली विस्फोटहरूले मध्यपूर्वको सुरक्षा अवस्थाप्रति नयाँ प्रश्न खडा गरेका छन्। अमेरिका–इरान तनाव उत्कर्षमा पुगेको बेला भएको यस घटनाले क्षेत्रीय सुरक्षा निकायहरूलाई थप सतर्क बनाएको छ।इरानको मेहर समाचार संस्थाले इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै करिब २० मिनेटको अन्तरमा कम्तीमा सातवटा विस्फोट भएको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातको आकाशभरि बाक्लो कालो धुवाँ फैलिएको देखिन्छ। घटनास्थल आसपासका स्थानीय बासिन्दाले पनि ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्।प्रारम्भिक विवरणअनुसार घटना

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ६४१ पटक पढिएको
  • लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

    काठमाडौं / सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओमा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो । बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छिन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम य

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १९० पटक पढिएको
  • ४० जिल्लामा बाढीको उच्च जोखिम, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    काठमाडौं । काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। भारीदेखि धेरै भारी वर्षाको सम्भावनाका कारण विशेषगरी साना नदी, खोला र खोल्सीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको हो।विभागका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा र चितवन, गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङ, लुम्बिनी प्रदेशका नवलपरासी  (पूर्व), नवल

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १७२ पटक पढिएको
  • अवैध हतियारविरुद्ध देशभर प्रहरीको एक्सन

    काठमाडौं । नेपाल प्रहरीले अवैध हातहतियार नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानमा दुई महिनामै ८४ जना पक्राउ परेका छन्। वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरिएको अभियानका क्रममा ६७ थान विभिन्न प्रकारका हतियार र सयौं राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ८, कोशीबाट १४, मधेसबाट ११, बागमतीबाट ५, गण्डकीबाट १८, लुम्बिनीबाट १३, कर्णालीबाट १० र सुदूरपश्चिमबाट ५ जना रहेका छन्।अभियानका क्रममा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्भर, ९ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, ९ थान बन्दुक र ३ थान एयरगन बरामद गरिएको छ

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २३५ पटक पढिएको
  • दाङका सामुदायिक बनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    काठमाडौं।  दाङका जंगलबाट एकैपटक ५५ नाल भरुवा बन्दुक बरामद भएको छ। प्रहरीले साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट यी भरुवा बन्दुकका नाल फेला पारेको हो।प्रहरीका अनुसार खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको छ ।यी हतियार कसले, किन र कहिलेदेखि जंगलमा लुकाएको थियो भन्ने विषयमा अहिले प्

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २४७ पटक पढिएको
  • गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

    काठमाडौं / इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन् । उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले इजरायल डिफेन्स फोर्स आईडीएफका सैनिकहरूलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण गर्ने उद्देश्यसहित तथाकथित ‘बोर्ड अफ पिस’ ले तयार पारेको सम्झौता सार

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २,२९० पटक पढिएको
  • बाँकेमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

    बाँके । बाँकेको नेपालगन्जस्थित एक इँटाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक मजदुरको उपचारकै क्रममा ज्यान गएसँगै मृतकको संख्या दुई पुगेको हो।प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यू किसान इँटा भट्टामा साउन १८ गते बिहान करिब ११स्२० बजे पर्खाल अचानक भत्किएको थियो। दुर्घटनामा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय रामफैरिन ९रामफेरन० कोरी गम्भीर घाइते भएका थिए।कोरीको उपचारका क्रममा बुधबार बिहान करिब ३स्३० बजे मृत्यु भएपछि दुर्घटनाले थप दुःखद रूप लिएको हो।मृतक लोधको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइसकिएको छ

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ४०३ पटक पढिएको
  • सिंहदरबारमै अन्धकार, बिजुली जाँदा संसदीय समिति बैठक रोकियो

    काठमाडौं । देशको प्रशासनिक र राजनीतिक निर्णय हुने केन्द्र सिंहदरबारमै विद्युत् अवरुद्ध भएपछि संसदीय समितिको बैठक नै केही समयका लागि प्रभावित भएको छ। विडम्बना के भने, न्याय प्रणालीको अवस्था र सुधारबारे छलफल गर्न बसेको बैठक नै बिजुली अभावका कारण करिब १० मिनेट रोकिएको हो।बुधबार बिहान कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सुरु हुनासाथ विद्युत् आपूर्ति बन्द भएपछि बैठक तत्काल अघि बढ्न सकेन। बिजुली पुनः आएपछि मात्र छलफललाई निरन्तरता दिइएको थियो।आजको बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनका चुनौती र सुधारका उपायबारे गहन छलफल गर्ने कार्यसूची तय गरिएको थियो। यसका लागि सर्वोच्च अदालतका मुख्य रजि

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १५९ पटक पढिएको
  • तीन महिनामा हातहतियारसम्बन्धी कसुरमा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    काठमाडौं— नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी कसुरमा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार गत वैशाख १ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका ६७ थान हातहतियार बरामद गरेको जनाएको छ । बरामद हतियारमा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्वर, ९ थान कटुवा पेस

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ५३२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.