काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो। आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ। फाइनल खेल यही मंसिर
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव पर्ने छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिदद
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य ग
काठमाडौं— नेकपा (एमाले) की सचिव पद्मा अर्यालले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक र राष्ट्रिय दायित्वसँग जोडिएको कार्यक्रम भएकाले यसलाई अनुशासित, भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्न पार्टी सचेत रहेको बताएकी छन् ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन चार दिन मात्र बाँकी रहेको जानकारी दिँदै उनले राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहेको बताएकी हुन् ।उनले भनिन्, ‘राष्ट्रिय महाधिवेशनका ऐतिहासिक राष्ट्रिय दायित्व, पार्टीसँग जोडिएका दायित्व, जनतासँग जोडिएका दायित्व र राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी नि
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरुले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरुले गरिरहेको भन्दै यसलाई विचार गर्नु बताए ।उनले भने, ‘युवा पुस्तालाई अगाडि बढाउन चहाने, युवा पुस्तालाई प्रेरित गर्ने उनीहरुको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरुको माग र भावनालाई अपमान गर्ने उस्तै उस्तै हुन् भन्ने कुर
काठमाडौं— बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवि
गोरखा— धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष सेवा समर्पण गरेका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थीहरूले हेलिकप्टरमार्फत बिदाइ गरी अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।उपरकोटीले लामो समयदेखि उत्तरी गोरखाका विद्यार्थीहरूलाई शिक्षादान गर्दै आएका थिए। भुईँबाट उड्ने सपना सिकाउने गुरुका रूपमा चिनिने उनले सेवाबाट निवृत्त हुँदै गर्दा विद्यार्थी, पूर्वविद्यार्थी तथा अभिभावकहरूले आकाशैबाट सम्मान प्रदान गरेका हुन्।फिनामा जन्मिएका र हाल परिवारसहित भरतपुरमा बसोबास गर्दै आएका उपरकोटीलाई रुन्चेतबाट काठमाडौं हुँदै भरतपुरसम्म पुर्याउने सम्पूर्ण यात्रा व्यवस्थापन पूर्व
काठमाडौं— गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पटक–पटक बोलाए पनि उपस्थित नभएपछि पक्राउ गरेर उपस्थित गराउने तयारी थालेको जनाएको छ।आयोगको म्याद सकिन दुई साता मात्रै बाँकी रहेका बेला शीर्ष राजनीतिक तथा सुरक्षा निकायका अधिकारीहरूको बयान प्रक्रिया अधुरै रहेको छ। आयोगका अनुसार ओलीले आयोगलाई असंवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि, प्रहरीलाई परिचालन गरी उनीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले बताएको छ।उता, अन्य अधिकारीहरूको बयान संकलनको काम तीव्र रू
बर्दिया— बर्दियाको बाँसगढीबाट प्रहरीले ठूलो परिमाणको अवैध टिमुर बरामद गरेको छ। प्रहरीले ४ क्विन्टल ६२ किलो अवैध टिमुरसहित ट्रक चालक तेजबहादुर जाग्रीलाई पक्राउ गरेको हो।उक्त टिमुर बाजुराबाट नेपालगञ्जतर्फ बिना अनुमति ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गरिएको टिमुरलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.