समाचार

    Showing ९०१-९१० of २६,७९८ items.
  • अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री

    काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उचित हुने बताउनुभएको छ ।प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक र दफाबार छलफलका क्रममा सांसदहरूले राखेको जिज्ञाशामा मन्त्री गौतमले उक्त धारणा व्यक्त गर्नुभएको हो । साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकमा उक्त विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था गरिएको छ ।गृह मन्त्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २३९ पटक पढिएको
  • सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

    काठमाडौँ। मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३०५ पटक पढिएको
  • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    बागमती ।  बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् ।सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए । “सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ”, उनले भने, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।”नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २१८ पटक पढिएको
  • प्रतिनिधिसभामा चर्कियो बहस: तीन संवेदनशील मुद्दामा सरकार घेराबन्दीमा

    काठमाडौं। प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय तथा सुनसरीमा भएको पछिल्लो घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीव्र बहस भएको छ।बैठकको सुरुवातदेखि नै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइले राजनीतिक विवाद सिर्जना गरेको र त्यसबारे सरकार मौन बस्न नहुने बताएका छन्।यस्तै, सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय उठाउँदै सांसदहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धि

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २७१ पटक पढिएको
  • देवानगञ्ज गोलीकाण्डमा थप जनाको मृत्यु, सुनसरी–सिरहा घटनामा ज्यान गुमाउने ४ पुगे

    काठमाडौं। सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। बायाँ तिघ्रामा गोली लागेका रवीन्द्रको उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो। यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। रवीन्द्रको निधनसँगै देवानगञ्ज गोलीकाण्डमा मात्रै मृतक संख्या तीन पुगेको छ।घटनामा घाइते भएका १८ वर्षीय अम

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ११८ पटक पढिएको
  • देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो

    काठमाडौं। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। उनको बायाँ तिघ्रामा गोली लागेको थियो र उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो।यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। रवीन्द्रको मृत्यु भएसँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।घटनामा ग

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ११८ पटक पढिएको
  • अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओहरूसँग छलफल गर्दै छन् ।  मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाएका हुन् । छलफलमा नेपाल राष्ट्र बैकले (क) श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन् ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३९५ पटक पढिएको
  • २० राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा

    काठमाडौं।  सरकारले रिक्त रहेका २० राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार तीन हजारभन्दा बढी आवेदनको अध्ययन भइरहेको छ र योग्य उम्मेदवारको नाम अर्को साताभित्र मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ।भारत, अमेरिका, चीन, बेलायत, जापान, दक्षिण कोरियालगायत १६ देशमा राजदूत पद रिक्त छन्। साथै इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र भियनास्थित संयुक्त राष्ट्रसंघीय नियोगमा पनि नयाँ राजदूत नियुक्त गरिने तयारी छ।यसपटक पहिलोपटक खुला आवेदन प्रणालीमार्फत राजदूत छनोट प्रक्रिया अघि बढाइएको हो। सरकारले राजनीतिक नेतृत्व र करिअर कूटनीतिज्ञ दुवै समूहबाट योग्य व्यक्तिला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १४८ पटक पढिएको
  • लिपिङमा पहिरोले थुनियो उत्तरी नाका, चीनसँगको व्यापारिक आवागमन ठप्प

    काठमाडौं। मंगलबार बिहान करिब ९ : ३० बजे लिपिङ क्षेत्रमा माथिबाट ठूलो पहिरो खस्दा अरनिको राजमार्गको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोसँगै सडकको केही भाग भासिएपछि सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार पहिरो हटाउने सामान्य प्रयासले मात्र सडक सञ्चालन सम्भव छैन। सडकको आधार नै कमजोर बनेकाले संरक्षण पर्खाल ९वाल० निर्माण गरेर संरचना मजबुत बनाएपछि मात्रै यातायात पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताएका छन्।अरनिको राजमार्ग नेपाल–चीन व्यापारको प्रमुख जीवनरेखा मानिन्छ। यही सडक अवरुद्ध हुँदा चीनबाट आ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ९५ पटक पढिएको
  • शिक्षा मन्त्री पोखरेलले राजनीतिक पत्रकारसँग छलफल गर्दै

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चार माध्यमबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदान—प्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ६७९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.