काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ ।विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भने, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’लामिछानेका अनुसार गएको वर्ष (आ. व. २०८१÷०८२) मा
हेटौंडा— मकवानपुर जिल्लास्तरीय वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा बागमती गाउँपालिका पुनः जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो गाउँपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम, सूचक र कार्यसम्पादनको आधारमा गरिएको मूल्यांकनमा बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । यसअघि पनि बागमती गाउँपालिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो। गत आर्थिक वर्ष २०८०/०८१ मा समेत बागमतीले जिल्लामै पहिलो स्थान प्राप्त गरेको थियो।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्
काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात
काठमाडौं— अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवद्र्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गर
काठमाडौं— डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्।बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो। कर्णालीले २५–१५, २५–१२ र २५–१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो। कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखर
काठमाडौं— ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजन
काठमाडौं— आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
मकवानपुर— मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो।दुवैजनामाथि आपराधिक उपद्रव तथा लुटपाट सम्बन्धी कसुरमा मकवानपुर जिल
काठमाडौं— भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो । कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ । आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ । नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्
तनहुँ। पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उहाँले भन्नुभयो “२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।” चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।&
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.