समाचार

    Showing ९२१-९३० of २६,७९८ items.
  • नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ ।उहाँले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।उहाँले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १,०२१ पटक पढिएको
  • जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

    काठमाडौँ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ । निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार प्रमुख जिल्ला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २३१ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०८ रुपैयाँ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २२३ पटक पढिएको
  • गरिबको आवाज कि राजनीतिक एजेन्डा? दुर्गा प्रसाईको रिहाइको माग गर्दै सडकमा प्रदर्शन, ४ बुँदे माग फेरि चर्चामा

    काठमाडौं। दुर्गा प्रसाईको रिहाइको माग गर्दै उनका समर्थकहरू विभिन्न स्थानमा सडकमा उत्रिएका छन। प्रदर्शनकारीहरूले "गरिब–दुःखी जनताको आवाज उठाउने दुर्गा प्रसाईलाई तुरुन्त रिहा गर" भन्ने नारासहित प्रदर्शन गरेका छन्।समर्थकहरूले प्रदर्शनका क्रममा ४ बुँदे एजेन्डा पनि सार्वजनिक गरेका छन्। उनीहरूको मागअनुसार २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट हुने भनिएका अन्यायपूर्ण गतिविधि अन्त्य हुनुपर्ने, भुईँमान्छालाई राज्यको प्राथमिकतामा राखिनुपर्ने तथा राजसंस्था सहितको सनातन हिन्दु अधिराज्य स्थापना हुनुपर्ने रहेका छन्।यी मागले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म नयाँ बहस सिर्जन

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ५०३ पटक पढिएको
  • सुनकोशीमा बेपत्ता कारको खोजी तीव्र, गोताखोरसहित संयुक्त उद्धार टोली परिचालन

    सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जनाको खोजीका लागि गोताखोरसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। दुर्घटनापछि खोजी तथा उद्धार अभियानलाई तीव्र बनाइएको हो।सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। नेपाल प्रहरीको टोलीले पनि उद्धार तथा खोजी अभियानमा सहकार्य गरिरहेको छ।प्रहरीका अनुसार खोटाङबाट काठमाडौं आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार करिब ३० मिटर त

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २४६ पटक पढिएको
  • पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी सञ्चालनमा

    चितवन।लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएपछि सोमबार दिउँसो ३स्३० बजेदेखि दुवैतर्फ सवारी आवागमन सुचारु भएको जनाएको छ।मुग्लिन बजार नजिकै दिउँसो २स्१० बजे पहिरो खस्दा पूर्व–पश्चिम जोड्ने यो व्यस्त सडक पूर्ण रूपमा बन्द भएको थियो। लगत्तै डोजर तथा अन्य हेभी उपकरण परिचालन गरी सडकमा थुप्रिएको ढुंगा–माटो हटाइएपछि यातायात पुनः सञ्चालनमा ल्याइएको हो।यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण केही समय सवारीसाधन एकतर्फी मात्र सञ्चालन भएका थिए। बिहानको पहिरो हटाएर सडक सामान्य

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २८८ पटक पढिएको
  • अनसनरत नर्स र सरकारबीच छलफल

    काठमाडौं । आमरण अनसनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारबीच संवादको ढोका खुलेको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार सरकारका प्रतिनिधि र रानाभाट पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको नेतृत्वमा वार्ता भइरहेको छ। नर्स रानाभाटको पक्षबाट नर्स कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल सहभागी छन्। लामो समयदेखि आफ्ना माग पूरा गर्न दबाबस्वरूप अनसनमा रहेकी रानाभाटको स्वास्थ्य अवस्थाप्रति चासो बढिरहेका बेला वार्ता सुरु भएको हो। दुवै पक्षले सहमतिमार्फत समाधान खोज्ने प्रयास गरिरहेका छन्।वार्ताबाट ठोस निष्कर्ष निस्किए

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २११ पटक पढिएको
  • शिक्षक महासंघको घोषणा : ‘यसपटक सडकमा पहिलेभन्दा ठूलो भीड हुन्छ’

    काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै भदौ महिनादेखि चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको छ। महासंघले यसपटकको आन्दोलन अघिल्ला सबै आन्दोलनभन्दा व्यापक र सशक्त हुने चेतावनी दिएको छ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकारसँग भएका सहमति, मन्त्रिपरिषद्का ९ बुँदे निर्णय र विद्यालय शिक्षा ऐन अझै कार्यान्वयन नभएकाले शिक्षकहरू पुनः आन्दोलनमा जान बाध्य भएको बताए। उनका अनुसार आन्दोलनको मिति केही दिनभित्र सार्वजनिक गरिनेछ।महासंघले विद्यालय कर्मचारी, बालविकास शिक्षक, सिकाइ अनुदान शिक्षक, स्थायी शिक्षकको बढुवा, सरुवा, सेवा–सुविधा तथा शिक्षा नियमावलीका विवाद

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २६६ पटक पढिएको
  • पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पुनः ठप्प

    चितवन। वर्षासँगै लगातार खसिरहेको पहिरोले देशकै व्यस्त मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा थप जोखिमपूर्ण बन्दै गएको छ। सोमबार बिहान खुलेको सडक दिउँसो फेरि पहिरो खसेपछि दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको हो।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै दिउँसो करिब २ः१० बजे पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। बिहान खसेको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि केही घण्टामै अर्को पहिरो खस्दा सडक फेरि बन्द हुन पुगेको हो।अवरुद्ध सडक खुलाउन तत्काल एउटा डोजर परिचालन गरिएको छ भने थप दुई वटा हेभी उपकरण घटनास्थलतर्फ पठाइएको सडक डिभिजनले जनाएको छ। मौसमले साथ दिए करिब ४५ मिनेटभि

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १४५ पटक पढिएको
  • सुनकोशीमा कार खस्यो-चालकसहित तीन जना बेपत्ता

    सिन्धुली ।सिन्धुलीको मध्यपहाडी राजमार्गमा भएको भीषण सडक दुर्घटनापछि एक कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। दुर्घटनापछि नदीमा खसेको कार र बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस ले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करको झड्काले कार सडकबाट सुनकोशी नदीमा खसेको हो।दुर्घटनामा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र कारमा सवार एक जना हेल्पर बेपत्ता भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात र

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २३२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.