समाचार

    Showing ९३१-९४० of २६,७९८ items.
  • सुस्ता सीमा विवाद राष्ट्रियसभामा, सरकारसँग कूटनीतिक पहलको जोडदार माग

    काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद अब संघीय संसद्को राष्ट्रियसभासम्म पुगेको छ। राष्ट्रियसभा सदस्य पूजा चौधरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरेकी छन्।सोमबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलस्थित नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय एसएसबीले भत्काउन थालेपछि स्थानीय र एसएसबीबीच तनाव उत्पन्न भएको बताइन्।उनले सुस्तालाई केवल स्थानीय विवाद नभई नेपालको सार्वभौमिकता, राष्ट्रियता र सीमासँग प्रत्यक्ष जोडिएको संवेद

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १६९ पटक पढिएको
  • सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    रामेछाप / सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन । दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ ।घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भ

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१५ पटक पढिएको
  • सर्पदंशले रोकियो सुस्ता वार्ता, बाँध विवादमा नेपाल–भारत छलफल अनिश्चित

    बुटवल।  पश्चिम नवलपरासीको सुस्तामा सीमा क्षेत्रको अस्थायी बाँध विवाद समाधानका लागि सोमबार हुने तय भएको नेपाली स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको छलफल अन्तिम समयमा स्थगित भएको छ । कारण बनेको छ—एसएसबीका एक जवानलाई सर्पले डसेको घटना। आइतबार बाँध निर्माणको विषयलाई लिएर उत्पन्न भएको तनावपछि दुवै पक्ष वार्तामार्फत समाधान खोज्न सहमत भएका थिए। तर, भारतीय पक्षले आफ्ना एक जवानलाई सर्पले डसेपछि उपचारमा खटिनुपर्ने अवस्था आएको भन्दै निर्धारित बैठक स्थगित गरेको जनाएको छ।सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँका अनुसार एसएसबीका कमान्डरले फोनमार्फत तत

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ६६६ पटक पढिएको
  • बसको ठक्करपछि सुनकोशीमा कार खस्यो, उद्धार टोली परिचालित

    काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा बसको ठक्करपछि एउटा कार नदीमा खसेको छ। दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालित भएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार कार नदीमा खसेको सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलतर्फ पठाइएको हो। प्रारम्भिक सूचनाअनुसार बसको ठक्करका कारण कार नदीमा खसेको बताइएको छ।कारमा कति जना सवार थिए भन्ने अझै यकिन हुन सकेको छैन। यस्तै, नदीमा खसेको कारको दर्ता नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बरसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।उद्धार

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १६६ पटक पढिएको
  • बिपी राजमार्ग: अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

    रामेछाप / काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ । काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बि

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १८४ पटक पढिएको
  • लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

    सिरहा / सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ ।परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ ।उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ । स्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३६२ पटक पढिएको
  • सप्तरीमा सामान्य बन्दै अवस्था, राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पूर्ण रूपमा हटाइयो

    राजविराज । सुनसरीको देवानगञ्ज घटनापछि सुरक्षा संवेदनशीलता बढ्दै लागू गरिएको निषेधाज्ञा अन्ततः सप्तरीमा पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिकामा जारी निषेधाज्ञा फुकुवा गरेको हो।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको हो। देवानगञ्जमा भएको साम्प्रदायिक तनावको प्रभावलाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्न प्रशासनले यसअघि कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो।यसबीच आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजलगायत विभिन्न स्थानमा शान्ति, सद्भा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ११४ पटक पढिएको
  • उद्योगी मुन्दडा निवासमा प्रहरीको ५ घण्टा ’मेगा अपरेसन’

    विराटनगर । विराटनगरका उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले सोमबार बिहान करिब पाँच घण्टा लामो खानतलासी गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कुनै पनि अवैध नगद, कागजात वा अन्य आपत्तिजनक सामग्री फेला नपरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा बिहान करिब ४ बजेदेखि सुरु भएको अपरेसनमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीका प्रहरी परिचालन गरिएको थियो। खानतलासीका क्रममा मुन्दडाको विराटन

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २३० पटक पढिएको
  • भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    काठमाडौं / भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । समस्तीपुर–सहरसा यात्रुवाहक रेल नम्बर ६३३४४ को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १३४ पटक पढिएको
  • सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

     मुगु / मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानिय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।आइतबार राति करिब ८ः३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानियले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ । मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम सुरु र्भपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षत

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.