समाचार

    Showing 9,511-9,520 of 26,656 items.
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले  आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो । अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। अ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 640 पटक पढिएको
  • कर्णालीको बजेट खर्च निराशाजनक

    सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बजेट खर्च निराशाजनक देखिएको छ । बर्सेनी बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली सरकारले यो बर्ष पनि बजेट कार्यान्वयनको लक्ष्य हाँसिल गर्न नसक्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमामध्ये चालूतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रूपैयाँ, पूँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रूपैयाँ छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारको ५.९३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको त

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 260 पटक पढिएको
  • अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

    काठमाडौं— अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 568 पटक पढिएको
  • राष्ट्रहित सर्वोपरि कन्क्लेभमा ‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल : नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म

    काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् ।कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् ।उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस ग¥यो—हाम्रो करको पैसा कहाँ गइरहेको छ ? ठूला नेताका सन्तानहरू विलासी जीवन बिताउँछन् । तर आम नागरिकका छोराछोरीहरू संघर्षमा छन् । यही असमानताविरुद्ध हामीले आवाज उठाएका हौं ।’बमका अनु

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 256 पटक पढिएको
  • बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु, आरोपित प्रहरी नियन्त्रणमा

    तनहुँ—   बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो  । उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 603 पटक पढिएको
  • यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छौँ : नेतृ झाँक्री

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको  बताएकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केहि जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् ।  ‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवा

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 237 पटक पढिएको
  • ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

    काठमाडौं— नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हनेछ । एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 541 पटक पढिएको
  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

    हेटौँडा— कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौँ। यो हाम्रो जीवनको अभिन्न अंग

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 571 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औँ बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 564 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.