समाचार

    Showing 9,541-9,550 of 26,656 items.
  • राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतल

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 742 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    काठमाडौं— उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 641 पटक पढिएको
  • गोरखाको तातोपानीमा अलपत्र परेका ३५ पर्यटकको सकुशल उद्धार

    काठमाडौं— गोरखाको धार्चे गाउँपालिका—३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ ।उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 586 पटक पढिएको
  • ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

    काठमाडौं—  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए । उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 568 पटक पढिएको
  • ६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    काठमाडौं—  ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 657 पटक पढिएको
  • ललितपुरमा मतदाता नामावलीमा युवाको चासो बढ्दै

    काठमाडौं— जिल्ला निर्वाचन कार्यालय ललितपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाको संख्या तीव्र गतिमा बढ्दै गएको छ। निर्वाचन आयोगले अनलाइन फारम भरेपछि देशभरका जुनसुकै कार्यालयमा गएर फोटो र बायोमेट्रिक विवरण बुझाउन सकिने व्यवस्था गरेपछि दर्ता प्रक्रिया सहज बनेको छ।आयोगका अनुसार सोही सुविधाका कारण युवाहरुको सहभागिता उल्लेखनीय रूपमा बढेको हो। आयोगले फागुन २१ गते घोषणा गरिएको आगामी निर्वाचनका लागि कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ।निर्वाचन कार्यालयका अधिकारीका अनुसार, हाल दैनिक रूपमा सयौं युवाहरू नाम दर्ताका लागि कार्यालयमा पुग्ने गरेका छन्। उनीहरूले पहिलो पटक मतदान गर

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 457 पटक पढिएको
  • माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

    काठमाडौं—  माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो । मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । एमएबिइएल स्टक संकेतबाट शेयर का

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 647 पटक पढिएको
  • जेन–जी आन्दोलनका ४५ जना मृतकलाई सहिद घोषणा, सुची सहित

    काठमाडौं— सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका शहीदहरु१. बुद्धिबहादुरतामाङ, किर्तिपुर–२काठमाडौं२. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर३.सुलभराज श्रेष्ठ, नेपालगञ्ज–१बाँके४.श्रीयम चौलागाइर्, बेलबारी–११मोरङ५.ईसवत बहादुर अधिकारी – का.म.पा.–२९ काठमाडौँ६.आयुष थापा – नेपालगञ्ज–२ बाँके७.गौरब जोशी – धनगढी–५ कैलाली८.योग बहादुर श्रेष्ठ – बारबिसे–६ सिन्धुपाल्चोक९.माधव सारु मगर – भुमिकास्थान–४ अर्घाखाँची१०.

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 582 पटक पढिएको
  • लागू औषधसहित दुई युवक पक्राउ

    नुवाकोट—  नुवाकोटको वट्टारवजारवाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित २ जना युवक पक्राउ गरेका छ। युवकको कोठाबाट दुई सय थान बढी ट्याब्लेट बरामद गरेको छ ।बिदुर नगरपालिका- ९ डिहीबजार स्थायी घर भई विदुर ४ बट्टारवजार डेरा कोठा गरी बस्ने ३५ वर्षीय सन्तोष सार्की र उनका भाइ ३३ वर्षीय वसन्त सार्कीलाई  प्रतिबन्धित लागू औषधसहित कोटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कोठामा लागू औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी अधिकृतसहितको टोलीले सन्तोष उनका भाइ वसन्त सार्कीलार्ई कोठामा बसी रहेको अवस्थामा फेला पारेर कोटाबाट लुका

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 620 पटक पढिएको
  • कालीगण्डकी नदीमा एक सातादेखि किशोर बेपत्ता, खोजी कार्य जारी

    स्याङ्जा— स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।कैलालीबाट साथीहरुसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपा

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 562 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.