समाचार

    Showing ९५१-९६० of २६,७९८ items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २७६ पटक पढिएको
  • बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    गण्डकी। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३०६ पटक पढिएको
  • विराटनगरमा सनसनी: उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

    विराटनगर । मोरङको विराटनगरस्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा नेपाल प्रहरीले छापा मारेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरभित्र खोजतलास गर्दै विभिन्न कागजात, इलेक्ट्रोनिक उपकरण तथा अनुसन्धानसँग सम्बन्धित सामग्री नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।प्रहरीले छापाको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। यद्यपि, आर्थिक तथा अन्य सम्भावित कानुनी विषयमा अनुसन्धान भइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको स्रोतको दाबी छ।घटनापछि विराटनगरमा यस विषयले व्यापक चर्चा पाएको छ। प्रहरीको अनुसन्धान जारी रहेकाले थप विवरण आधिकारिक निकायबाट सार्वजनिक भएपछि मात्र घटनाको वास्तव

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ४१६ पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ: सरकारको काउन्टर अपरेशन सुरु

    काठमाडौं । मेडिकल व्यवसायी तथा विवादास्पद राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा आइतबार राति ठूलो संख्यामा प्रहरी परिचालन भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको टोली जरुरी पक्राउ पूर्जी लिएर प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो । यो घटनाक्रम त्यतिबेला भएको हो, जब प्रसाईंले केही घण्टाअघि मात्रै पत्रकार सम्मेलन गरेर वर्तमान सरकार र व्यवस्थाविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। उनले लोकतन्त्रको नाममा अभिव्यक्ति स्वतन्त्रता

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ७८४ पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    काठमाण्डौ  ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १,६९९ पटक पढिएको
  • भारतीय एसएसबी नेपाली भूमिमा पस्यो, सुस्तामा बाँध भत्काएपछि सीमा क्षेत्रमा तनाव

    बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको घटनापछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयले भारतीय पक्षले सीमारेखा पार गर्दै एकतर्फी रूपमा संरचना भत्काएको आरोप लगाएका छन्।स्थानीयका अनुसार आइतबार दिउँसो ठूलो संख्यामा आएको एसएसबी टोलीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको बाँध डोजर प्रयोग गरी भत्काएको हो। हतियारसहित आएका सुरक्षाकर्मीलाई स्थानीयले विरोध जनाए पनि काम रोक्न सकेनन्।स्थानीय अगुवाहरूले एसएसबी नेपाल–भारतबीचको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३००

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १३४ पटक पढिएको
  • जुनबेँसी जलविद्युत् प्रसारण लाइनको वातावरणीय अध्ययन सार्वजनिक, सुझाव दिन ३५ दिनको समय

    काठमाडौं । सोलुखुम्बुको निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अघि वातावरणीय अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विद्युत् विकास विभागले आइतबार सूचना जारी गर्दै आयोजनासँग सम्बन्धित प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा सरोकारवालाबाट राय–सुझाव मागेको हो।५.५७५ मेगावाट क्षमताको आयोजनाको स्विचयार्डलाई तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनासँग जोड्ने ३३ केभी र त्यसपछि जुनबेँसी हब पुलिङ स्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्ने योजना रहेको विभागले जनाएको छ। प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर हुनेछ।प्रवद्र्धक कम्पनीले प्रसारण लाइन नि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १३७ पटक पढिएको
  • ब्रोड पीकमा ज्यान गुमाएका नेपाली आरोहीप्रति सरकारद्धारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । पाकिस्तानको ब्रोड पीकमा भएको हिमपहिरोमा नेपालीसहित अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्यहरूको ज्यान गएको घटनाप्रति नेपाल सरकारले औपचारिक रूपमा गहिरो दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित सात नेपाली आरोहीको निधनले नेपालको पर्वतारोहण क्षेत्रले अपूरणीय क्षति बेहोरेको जनाएको हो। मन्त्रालयले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।दुर्घटनापछि पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले कठिन हिमाली भूभागमा निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको मन्त्र

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १०६ पटक पढिएको
  • तासको खालबाट रास्वपा कार्यकर्तासहित ११ जना पक्राउ

    चितवन । चितवनमा प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय कार्यकर्तासहित ११ जनालाई नियन्त्रणमा लिएको छ।भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नगद, तासका बुक र मोबाइलसहित नियन्त्रणमा लिएको हो। घटनास्थलबाट ७१ हजार ५१५ रुपैयाँ नगद, चार बुक तास तथा प्रयोग भइरहेका मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा रास्वपा भरतपुर–८ का समिति सदस्य मनोज पौडेल सहित खाजा घर सञ्चालक र अन्य सहभागी रहेका छन्। उनीहरूमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनल

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ४९३ पटक पढिएको
  • एक वर्षमा सडक दुर्घटनामा २ हजार ७०७ जनाको ज्यान गुमाए

    काठमाडौं । सडक विस्तार, सवारीसाधनको संख्या र ट्राफिक सचेतना अभियान बढिरहेका छन्। तर त्यससँगै नेपालका सडकहरू झन् असुरक्षित बन्दै गएका छन्। पछिल्लो आर्थिक वर्षको तथ्यांकले देशभर सवारी दुर्घटनाको अवस्था झनै भयावह बन्दै गएको देखाएको छ।नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा देशभर ३० हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ७०७ जनाले ज्यान गुमाएका छन् भने करिब ४७ हजार जना घाइते भएका छन्। यो पछिल्ला तीन वर्षकै सबैभन्दा उच्च तथ्यांक हो।अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा २८ हजार ६८२ दुर्घटनामा २ हजार ५५० जनाको मृत्यु भएको थियो भने २०८०÷८१ मा २२ हजार ९४८ दुर्घटनामा २ हजार ३७६ जनाले

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.