समाचार

    Showing 9,631-9,640 of 24,694 items.
  • स्वीमिङ पुलमा मृत भेटिए युवक

    झापा— झापाको बिर्तामोड नगरपालिका(२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवक मृत फेला परेका छन्। बिर्तामोड—३ का ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए। पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटना

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 637 पटक पढिएको
  • सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    धादिङ— सुक्खा पहिरो खस्दा काठमाडौंसंग जोड्ने सडक अवरुद्ध भएको छ ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट बेनिघाट रोराङ गाउँपालिका—१० तिगरान्ङखानी बादरे मोडमा आज बिहान ६ः ४० बजेतिर सुक्खा पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार २ वटा डोजरको सहयोगमा दुईतर्फी सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 635 पटक पढिएको
  • भदौ १५ र १६ गरे सुदूरपश्चिममा सार्वजनिक बिदा

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको आज तेस्रो दिन । ‘ठूली गौरा’ मनाइँदैछ । आजका दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । आजको दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ । व्रतालु महिलाले आज गौरालाई गौरा घरमा भित्र्याउने चलन छ । व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।गौराको मुख्य दिन भने भोलि हो । भोलि अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको प

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 502 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 441 पटक पढिएको
  • कार अनियन्त्रित भई दुर्घटना हुँदा चिकित्सकको मृत्यु

    चितवन— चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा। विप्लब भट्टको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 526 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।राति देशभर साधरणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 329 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१  पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 439 पटक पढिएको
  • शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना

    जनकपुर— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ । उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 720 पटक पढिएको
  • वीरगञ्जमा हैजाका बिरामीहरुको संख्या ७ सय नजिक, २४ घण्टामा थप ७५ जनामा संक्रमण

    वीरगञ्ज— पर्सामा हैजा संक्रमण अझै रोकिएको छैन । वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।हाल १७ सरकारी र निजी स्वास्थ्य संस्थामा १९३ जना बिरामी उपचाररत छन्, तीमध्ये ३३ जना आईसीयू र चारजना एचडीयूमा छन् । अहिलेसम्म ५०४ जनालाई डिस्चार्ज गरिएको छ ।नारायणी अस्पतालमा सबैभन्दा बढी ८३ जना उपचाररत छन्, जसमा १४ जना आईसीयूमा छन् । तराई अस्पतालमा २९ जना उपचाररत छन् भने नेशनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०र१० जना छन् । स्रोत पत्ता नलाग्दा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।  

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 642 पटक पढिएको
  • मन्त्री चौधरी भन्छन नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ

    काठमाडौं— युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।उनले भने, ‘विगत ६ दशक भन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह, अवरोह पार गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रय खेलकुदका क्षेत्रमा पदक प्राप्त गरी विश्वसामू नेपालको झण्डा फहर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 700 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.