बाजुरा । बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए ।टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सर्लाही । सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छ
स्याङ्जा— जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी
कैलाली— भारतसँग जोडिएका विभिन्न सिमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको आवागमनमा हाल कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सीमावर्ती नाकामा सुरक्षा निकायलाई थप सतर्कतासहित चेकजाँच गर्न निर्देशन दिएको हो।सीमाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्ने सम्भावना देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । शङ्कास्पद व्यक्तिलाई देखेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरिएको छ।प्रशासनले अपरिचित व्यक्तिलाई घर वा समुदायमा बसोबास गराउने, कामकाजमा लगाउने वा अन
काठमाडौं— मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल
काठमाडौं— काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको एक अग्रणी राष्ट्रियस्तरको विकास बैंकले Chief Credit Officer (Deputy General Manager) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।आवेदकसँग न्यूनतम १५ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ । जसअन्तर्गत कम्तीमा ५ वर्ष कर्पोरेट तहको क्रेडिट अनुभव अनिवार्य रहेको छ । साथै, राष्ट्रियस्तरको विकास बैंकको एक तह मुनिको पद वा ‘क’ वर्गको वाणिज्य बैंकको दुई तह मुनिको पदमा कम्तीमा २ वर्ष निरन्तर सेवा अनुभव आवश्यक हुने जनाइएको छ ।व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा मान्यता प्
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्स
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो।बैठकमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।साथै, ‘जेन-जी’ प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई पनि छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।सरकारले प्रतिनिधिसभा र राष्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.