काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हा
काठमाडौं— आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।परिषद्ले एक सूचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान तथा प्रचार प्रसार नगर्न र नगराउन निर्देशन दिएको हो। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।आयुर्वेदसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधि उपचार तथा चिकित्सा सेवा लगायतका पक्षमा सामाजिक सञ्जाल मार्फत जनमानसमा भ्रम सिर्जना गर्ने कुनै पनि सूचनाका
काठमाडौं— करिब ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीले आज काठमाण्डौंको बौद्धमा आयोजना गरेको वृहत भेलामा अन्य दल तथा संगठन परित्याग गरेर उज्यालोमा प्रवेश गरेका हुन्।सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको उज्यालो पार्टीका एक नेताले जानकारी दिएका छन्।भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीत
काठमाडौं— काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।पाण्डेले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । उनले यसअघि नै महानगर प्रमुख बालेन साह (बालेन) ले राजीनामा दिनुअघि आफूले पद छाड्ने तयारीमा रहेको सार्वजनिक रूपमा बताउँदै आएका थिए ।यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेनले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ । उनले पनि केही
काठमाडौं— मृतक जेनजीका परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि भेला भएका जेनजीका परिवारले न्यायको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका हुन्।धर्नामा सहभागी परिवारजनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले लामो समय बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। धर्नाका कारण केही समय उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। यस विषयमा सरकार तथा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
झापा— झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ।त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन्।दुवै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन् ।‘विधी, पद्दती छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधी र पद्दतीभन्दा बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।आयोगले विधि
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् ।निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन् ।उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।उनले भने,‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् ।शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग गएको जानकारी दिए । उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।‘विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्र हुन्छ,’ विश्वकर्माले भने, ‘उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.