एजेन्सी / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ । शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्। सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो। टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री
काठमाडौं / भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् । वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुका अनुसार कैलाश मानसरोवर यात्राका लागि निजी ट्राभल अपरेटरमार्फत २८ जना तीर्थयात्रीको समूह अगस्ट २४ मा भागलपुर विमानस्थलबाट प्रस्थान गरेको थियो। समूहमा उनीहरूको परिवारका आठ जना सदस्य पनि थिए।एएनआईसँग कुरा गर्दै नायडुले समूह काठमाडौं पुगेपछि भिसा प्राप्त गर्न ढिलाइ भएका कारण तीन दिन त्यहीँ बस्नुपरेको बताए।
काठमाडौं / काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट
काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए। कँडेलले विपत्तिको यो दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिप
काठमाडौं / रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ । शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ । बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ । नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नाराय
काठमाडौं / नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौंको माइतीघरमा सर्वसाधारण स्वतःस्फूर्त रूपमा जुटेका छन्।विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय बासिन्दा तथा विभिन्न समूहले आफ्नै खर्चमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्रीलगायत राहत सामग्री संकलन र व्यवस्थापन गरिरहेका छन्।संकलित राहत सामग्री नुवाकोटका बाढीपीडित परिवारसम्म छिटो पुर्याउने तयारी भइरहेको छ। विपद्को कठिन घडीमा राज्यसँगै नागरिकस्तरबाट पनि सहयोगको हात बढ्दै गएको भन्दै राहत अभियानमा थप सहयोग गर्न आयोजकहरूले सबैलाई आग्रह गरेका छन्।
काठमाडौं / गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले उपकरण व्यवस्थापनका लागि सर्वसाधारण तथा सम्बन्धित सबै पक्षले देखाएको तत्परता, सूचना र समन्वय अमूल्य रहेको बताएका हुन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद तथा हार्दिक आभार १ हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरू सबैले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ
काठमाडौं / तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।बिहीबार जारी शोक सन्देश जारी गर्दै दलाई लामाले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरेका छन्। उनले रसुवा र केरुङ क्षेत्रमा विगतमा पनि विपद्का घटना दोहोरिँदै आएको उल्लेख गर्दै यस्ता घटनाका पछाडि जलवायु परिवर्तन वा अन्य गहिरा कारण हुन सक्ने बताएका छन्।यस्ता विपद् भविष्यमा दोहोरिन नदिन सम्भव भएसम्म उपयुक्त कदम र रोकथामका उपाय अवलम्बन गरिने आफूले आशा गरेको दलाई लामाले बताएका छन्।‘यस क्ष
काठमाडौं / रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन । बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ । बाढी प्रभावित रसुवा जिल्लाम
काठमाडौं / भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् । जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो । भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक साम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.