काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा सुरु भएको छ । ‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रामप्रसाद महतो राष्ट्र निर्माण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे । समिटमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ता, नीति निर्माता तथा सरोकारवालाको सहभागिता रहेको छ ।युवालाई डिजिटल साक्षरता, नागरिक सहभागिता, नेतृत्व विका
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डिपी अर्याल सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरुनै भएकाले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका हुन् ।उनले भनेका छन् 'सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।'
काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ । शुक्रवार बिहान भएको समूह ‘ए’ को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए ।त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् । जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ‘ए’ को दोस्रो स्थानमा उक्लेको छ ।यता यसै समूहको उद्घाट
एजेन्सी— अफगानिस्तानको सरकारी सञ्चारमाध्यम बाख्तर समाचार एजेन्सीले बिहीवार दिएको जानकारी अनुसार बुधवार कुल ७२४ परिवारका ३,६९३ जना नागरिकहरू आफ्नो निर्वासन जीवन समाप्त गरी स्वदेश फर्किएका छन् ।समाचार एजेन्सीकाअनुसार तीमध्ये ६६२ परिवारलाई उनीहरूको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी ६२ परिवारलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूको गृह जिल्ला वा प्रान्तमा पठाइनेछ ।विगत केही हप्ताहरूमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट ८५ हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किसकेका छन् ।
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि बिहीबार राति गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गरेका छन् ।आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिइएको जानकारी दिएका हुन् ।ट्रम्पले इरानसँगको वार्ता उच्च तहमा पुगेर अनुमोदन भइसकेको उल्लेख गर्दै यस प्रक्रियामा अमेरिका, इजरायल, साउदी अरेबिया, युएई, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन र इजिप्ट लगायतका मुलुकहरू सहभागी रहेको बताएका छन् । उनले छलफलका अन्तिम बुँदाहरू अवधारणागत र विस्तृत रूप
काठमाडौं— लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन् । विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजन बिकलाई गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै बोलाएर भेट्गरेका हुन् ।आफ्नो काखमा नवजात शिशु (बच्चा) च्यापेर न्यायको याचना गर्दै सुजन बिक गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए । सो क्रममा उनले श्रीमतीको अकाल मृत्यु अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै आँसु बगाए । सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर
काठमाडौं— अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मिकी विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ भन्ने विषयको पत्र प्राप्त भएपछि
काठमाडौं— आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
गृहमन्त्री सुधन गुरुङ बिहीबार माइतीघर मण्डलामा पुगेर विभिन्न माग र मुद्दा बोकेर लामो समयदेखि धर्ना तथा प्रदर्शनमा बसेका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासा, समस्या र मागहरू सुनेका थिए।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.