काठमाडौं— काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्दै आएका सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिमल्सिना रहेका छन्।प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियमित निगरानी तथा चेकजाँचका क्रममा उनलाई शंकास्पद अवस्थामा फेला पारी साथमा रहेको नगद रकमबारे सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार बरामद नगद रकमको वैधानिक स्रोत, प्रयोग तथा सम्भावित आर्थिक अपराधसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको
काठमाडौं— सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको घटनालाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा केन्द्रमा भेटिएका मोबाइल वा अन्य विद्युतीय उपकरण जफत गरेर नष्ट नगर्न तथा त्यस्ता कार्य तत्काल रोक्न गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।यस विषयमा अधिवक्ता अनिलकुमार साहलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्दै जफत गरिएका मोबाइल कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दाबी गरेका थिए। रिटमा परीक्षा समाप्त भएपछि जरिवाना वा अभिभावकको उपस्थितिमा मोबाइल फिर्ता गर्नुपर्ने व
काठमाडौं— प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।बसको चालक सिटको छेउमा झोलाभित्र लुकाएर ल्याइएका आइफोनहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बरामद सामानसँग सम्बन्धित कुनै पनि बिलबिजक वा वैधानिक कागजात प्रस्तुत गर्न नसकिएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बरामद आइफोनहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विम
काठमाडौं— नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।आज एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं— बजेटमार्फत करका दर परिवर्तन र भन्सार अनियमितताको विषय सार्वजनिक लेखा समितिमा उठेपछि सांसदहरूले संसदीय तहबाटै उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।बिहीबार बसेको समितिको बैठकमा राप्रपाकी सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई तथा नेकपाका सांसद महेन्द्र शाहीसहितका सदस्यहरूले संसदीय उपसमिति गठन गरेर घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने धारणा राखेका हुन्।बैठकमा सांसद खुस्बु ओलीले ७–८ सिट क्षमताका सवारीसाधनलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार महसुल तिर्ने व्यवस्था मिलाइएको आरोप लगाउँदै यसबाट राज्यले अर्बौं रुपैयाँ राजस्व गुमाएको दाबी गरिन्।उनले भन्सार कार्यालय र याताय
काठमाडौं— मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप जीप दुर्घटना हुँदा निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा कार्यरत इन्जिनियर सूर्य यादव र चालक बोधराज बुढाथोकीको मृत्यु भएको छ।गएराति दक्षिणकालीबाट माण्डु हाइड्रोपावर क्षेत्र हुँदै इपातर्फ जाँदै गरेको पिकअप अनियन्त्रित भई करिब १०० फिट तल खसेको थियो। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी दुवै जनालाई हेटौँडा अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप फर सीसीआइ निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालयहरू र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको संयुक्त प्रयास थालिएको छ । यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । मंगलबार हिजो काठमाडौं महानगरका कार्यवाहक प्र
काठमाडौं— सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ के।जी। गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो । उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल च
काठमाडौं— अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेश
काठमाडौं— नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ । पार्टीका अनुसार आज बिहीबार राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ ।महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समय सीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् ।त्यस बाहेक थप १ लाख २४ ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.