काठमाडौं । वर्षायाम सुरु भएसँगै झापाको दमक–९ र १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँडनै सकेको छैन। यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाईनै खेत बनाउँदै धान रोपे । प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपासको यो सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ । पटक–पटक आग्रह, निवेदन र दबाब दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानियको भनाइ छ । स्थानीयका अनुसार वर्षा लाग्नेबित्तिकै
काठमाडौं । सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन भनिएका हजारौं पदाधिकारीले समयमै विवरण नबुझाएपछि सम्पत्ति छानबिन आयोगले म्याद थप गरेको छ। अब सम्बन्धित व्यक्तिहरूले असार मसान्तसम्म सम्पत्ति विवरण पेश गर्न सक्नेछन्। आयोगका अनुसार विदेशमा रहेका, विवरण संकलन गर्न समय लागेका तथा विभिन्न व्यावहारिक समस्या देखाउँदै धेरैले म्याद थपको माग गरेका थिए। त्यसैलाई ध्यानमा राखेर अन्तिम पटकका लागि समयावधि बढाइएको हो। जेठ मसान्तसम्म विवरण बुझाउन भनिए पनि म्याद सकिनै लाग्दा करिब ३ हजार ५ सय जनाले मात्रै विवरण बुझाएका छन्। आयोगले अपेक्षा गरेअनुसार विवरण नआएपछि थप समय दिनुपरेको जनाएको छ।पूर्वप्रधानमन्त्रीदेखि
काठमाडौं । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताए । पूर्वराजदूत पदम सुन्दासले देशमा पछिल्लो समय बढ्दै गएको जातिय विभेद तथा दलितमाथिको अत्याचार विरुद्ध देशभरीका दलितहरु एकजुट हुन आह्वान गरेका छन् । परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले देशभरी ठूलो उपस्थिति रहेको दलित समूदाय एक नहुँदा उनीहरुमाथि दमन बढेको बताए । उनले परियार समाज मात्रै नभएर ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्ने
काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् । उक्त विमानले ७० हजार उडान चक्र साइकल पूरा गरेपछि केही महिनाअघि बुद्ध एयरले त्यसलाई नियमित उडान सेवाबाट अवकाश दिएको थियो।हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय
नेपालगन्ज। बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि व्यावसायिक रूपमा माटोको प्रयोग गर्दै आएका उनीहरूलाई माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारले जानकारी दिनुभयो ।पेसा नै सङ्कटमा परेपछि कुम्हार समाजका प्रतिनिधि तथा अगुवाको टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टलाई सामूहिक ज्ञापनपत्र बुझाउँदै माटो उत्खननमा लगाइएको रोकबारे ध्यानाकर्षण गराएको छ ।सो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले बुझाएको सामूहिक ज्ञापनपत्र बुझ्दै नेपालगन्ज उ
काठमाडौं— नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ संशोधन गर्दै राष्ट्र बैंकले अल्पकालीन चालू पूँजी कर्जाका लागि ५ लाख रुपैयाँ र दीर्घकालीन चालू पूँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।संशोधित व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङबाट आवेदन दिएपछि स्वचालित प्रणालीमार्फत मूल्यांकन भई केही मिनेटमै कर्जा खातामा जम्मा हुनेछ । यसका लागि धितो, शाख
काठमाडौं— काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ ।सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको हो । यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डं
काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन् ।सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बिच मन्त्रालयमा भेटघाट भएको हो । भेटमा अर्थमन्त्री डा।वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए ।द रि
काठमाडौं— गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा गत जेठ २४ गते आइतबारसम्म रहेको तथ्याङ्कअनुसार ‘लालीबजार’ ले रु ८ करोड ७८ लाख ५ हजार १ सय ९८ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको उक्त फिल्मको अवधिमा कूल २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छ
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०० पैसा र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.