धनकुटा— भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका पाँच कैदी धनकुटामा पक्राउ परेका छन्। फरार समूहमा अदालतले अढाइ वर्षदेखि २५ वर्षसम्मका कैद सजाय सुनाएका कर्तव्यज्यान, अंगभंग र लागूऔषधसम्बन्धी मुद्दाका दोषी समावेश छन्।सबैभन्दा कडा सजाय भोगिरहेका धरान-२० का ३२ वर्षीय सागर राईलाई प्रहरीको टोलीले छथर जोरपाटी गाउँपालिका–२, आलेगाउँबाट पक्राउ गरेको हो। उनी कर्तव्यज्यान मुद्दामा २५ वर्षका लागि सजाय पाएका थिए।धनकुटाकै चौबिसे–२ धारापानीका रमेश माङमी मगरलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। उनी कर्तव्यज्यान, जबर
बझाङ— आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको साइपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बझाङसहित बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।
सिन्धुली— सिन्धुलीको दुधौली नगरपालिका–२, गागनस्थित मदन भण्डारी राजमार्गमा आज बिहान भएको बस र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आज बिहान अन्दाजी सवा तीन बजे पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुघा तर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनापछि गम्भीर घाइते दुईजनालाई तत्काल उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पु¥याइएको थियो । उपचारका क्रममा मोटरसाइकलमा सवार दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले देशसँगै नेकपा एमाले पनि संकटमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता भट्टराईले संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापित गर्दै राज्यका सवै निकायलाई पुनर्जीवित गर्नुपर्ने चुनौती रहेको बताए । साथै उनले भदौ २३ र २४ को घटनापछि पार्टीलाई कस्तो नेतृत्व र दिशा दिने भन्ने महत्त्वपूर्ण सवाल रहेको पनि बताएका छन् ।भदौ २३ र २४ को घटनाबाट सकारात्मक र नकारात्मक पाटा रहेको भन्दै सकारात्मक शिक्षालाई ग्रहण गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । उनले कुनैपनि हिंसा र विध्वंस स्वीकार्य नहुने भन्दै पार्टीलाई नयाँ सन्
काठमाडौं— नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार भन्दा बढी नाघेको छ । विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशभर ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण पुष्टि भइसकेको जानकारी दिए।उनका अनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २७९ जना छन्। सो मध्ये १४ हजार महिला र १९ हजार २७९ पुरुष छन्। यस्तै १ हजार ५८ बालबालिकामा समेत एचआईभी संक्रमण देखिएको छ।गत वर्ष आमाहरूमा गरिएको परीक्षणका क्रममा २ सय २७ नवजातरबालबालिकामा एचआईभी पुष्टि भएको रिपोर्ट उनले प्रस्तुत गरे।सन् २००० यता नयाँ संक्रमण ७६ प्रतिशतले घटेक
काठमाडौं— एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ । पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन् । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ ९१४ प्रतिशत ( माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ ९१ प्रतिशत) माछापुच्छ्रे« क्या
काठमाडौं— नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् । एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका हुन् ।मङ्सिर २७ गते देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो ।शनिवार हेटौँडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरूमध्ये ८ जन
काठमाडौं— दार्चुला पावरको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो । कम्पनीले दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारि
रामेछाप— रामेछापको सदरमुकाम मन्थलीमा घरै पिच्छेजस्तो सहकारीका बोर्डहरू छन् । ती सहकारीको बिचमा एउटा सहकारीको छुट्टै पहिचान छ । महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको सहकारी जसको पहिचान अलग छ । महिलाहरूको सञ्चालन र व्यवस्थापन रहेको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनको १९ वर्ष पुरा गरेको छ । १९ वर्षमा संस्था झण्डै १ करोड रुपैयाँको मालिक भएको छ । दिदी बहिनीलाई सानातिना काम गर्न ऋणै भए पनि दिने सहयोगी भएको छ । दिदी बहिनीको सानो सानो रकम जम्मा गर्ने थलो भएको छ । आय आर्जनको लागि ऋण लिन चाहने महिलाहरूको लागि सहकारीले ब्याज समेत घटाएको संस्थाकी अध्यक्ष
रामेछाप— मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनाको घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्। महेशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भईरहेको छ । दिपेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार बिहान पोखराब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.