काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र च
काठमाडौं / सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बुद्ध एयरले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । प्रभावित नागरिकको आवागमन सहज बनाउन बुद्ध एयरले भैरहवा, भरतपुर र पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरेको जनाएको छ । यात्रुको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न गन्तव्यमा थप उडानको व्यवस्था गरिएको एयर
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ ।मुख्यमन्त्री थापामगर नेतृत्वको टोलीले बुधबारदेखि बागमती प्रदेशका बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरिरहेको छ । रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापामगरले बताएका छन् ।उनका अनुसार बाढी प्रभावित नागरिकलाई तत्कालका लागि स्थानीय विद्यालय, पार्टी प्यालेस, सभा–हल
काठमाडौं / नेकपा एमालेका नेता तथा सांसद क्षितिज थेबेले बाढी–पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम नसकिएसम्म क्याम्प खडा गरेर बस्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले राष्ट्रिय युवा संघ नेपाल विपद्का बेला सँधै अग्रभागमा रहेर काम गर्दै आएको भन्दै यसपटक पनि सिङ्गो टिम फिल्डमा परिचालन भएको बताए । ‘राष्ट्रिय युवा संघ नेपालले इतिहासदेखि आजसम्म जहिले पनि विपद्मा एक कदम अगाडि छ र सँधै पनि अग्रभागमा छ । आज पनि हामी फिल्डमा छौँ । राष्ट्रिय युवा संघ नेपालको सिङ्गो टिम नै हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘यो उद्धार, राहत र पुनःस्थ
काठमाडौं / रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो। संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।एनआरएन
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विपद् प्रभावित क्षेत्रमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना भइरहेको बताए । उनले भने, ‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ । सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ ।’प्रधानमन्त्री शाहका
सोलुखुम्बु / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो । त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्य
रामेछाप / रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ । प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी
काठमाडौं / जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको बताएका छन् । विभागका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले जोखिमाको अवस्था कम हुदै गएको बताए ।उनले भने, ‘रसुवास्थित भोटेकोशी बाढीको अबस्था सामान्य छ । राति ३० सेन्टी मिटर बाढी बढेको थियो । थप जोखिको कारण हिजोको जस्तो आज छैन् । हिजो बेलुका देखि आज बिहानसम्म देशको बिभिन्न भुभागमा मध्यम बर्षा भएकाले समान्य अवस्थानै रहेको बताए । हालसम्मको प्रारम्भिक अध्ययनअनुसार मृत्यु तथा बेपत्ता हुनेको संख्या करिब एक हजार पुगेको उनले बताए । ‘अहिलेसम्मको अध्ययनमा हेर्दा करिब एक हजारक
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९०४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ६४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १२८, हर्न निषेधमा ३३, लेन क्रसमा ३१, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.