काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल गरेका हुन् ।भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । त्यसअघि, प्रधानमन्त्री शाह
काठमाडौं / दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहेको १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ । बाढीका कारण परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्क गर्न कठिनाइ भइरहेको अवस्थामा निःशुल्क सञ्चार सेवाले प्रभावितलाई सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।आपत्कालीन अवस्थामा सञ्चार सेवा निरन्तर हुनु महत्वपूर्ण भएकाले प्रभावित क्षेत्रमा सेवा सहज बनाउन यस्तो व्यवस्था गरिएको एनसेलले जनाएक
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्रभावित नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बाढीबाट भएको ठूलो क्षतिले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।पौडेलले दुःखद परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिएका छन्।मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। उनले बाढीबाट करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका छन्।पुनले दिएको जानकारीअनुसार उद्धार तथा राहतका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको छ।त्यस
काठमाडौं / सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ।मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौंका अस्पतालमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको मन्त्राल
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ । त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ ।हाल सम्पर्कविहीन रहेका कुल १४ जना ९११ स्थायी र ३ करार÷ज्यालादारी० कर्मचारीह
काठमाडौं / भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सह
काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेव
काठमाडौं / प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै आगामी उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ।बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिबारे सम्बन्धित निकायबाट ब्रिफिङ लिइएको थियो। प्रधानमन्त्री शाहले विपद्को अवस्थामा तत्काल उद्ध
धादिङ / रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ । बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।महाशाखाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.