काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ ।महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।महाशाखाका अनुसार आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो÷कुहिरो लाग्ने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीव
काठमाडौं— आज २०८२ साल माघ १ गते बिहीबार । माघ कृष्ण पक्षको द्वादशी तिथि। मेषः आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।वृषः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।मिथुनः थोरै बोलेर काम गर्नुपर्ने दिन छ। गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहय
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’यस्तै, उनले पुराना दल
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् ।मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न आग्रह गरे ।सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासीक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न,भ्रष्ट्राचार नियन्त्रण गर्न र निर्व
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनौं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं । हामी एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा यो राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको
काठमाडौं— नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो ।यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ । नेपालमा दशकौँदेखि सगरमाथा क्षेत्र, हिमाली ट्रेकिङ र पर्वतारोहणलाई सुरक्षित बनाउने जिम्मा शेर्पा समुदाय र पेशेवर नेपाली गाइडहरूले सम्भालेका थिए तर पछिल्लो समय हेलिकप्टर उद्धार र चिकित्सा सेवामा ठगी, अनावश्यक खर्च र गलत समन्वय बढेपछि अन्तर्राष
काठमाडौं— भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो ।जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरु कटौती गर्दा आधारभूत आवश्यकता समेत नपाएको दाबी गरे ।‘यूनिसेफ, युनएचसिआर, सेभ द चिल्डे«न, रेडक्रस र एलडब्लु एफ तथा नेपाली संघसंस्थाहरुले गर्दै आएका सहयोगहरु २०१७ पछि कटौति हुँदा उहाँहरुको हालत खराब भएको हामीले पाएका छौं ।’ अधिकारीले भने ।झापाको बेल्डाँगी र प
काठमाडौं— आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ । मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो ।यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ ।यस दिन कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।यस दिन सुपर मादी हाइड
काठमाडौं— नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने भएको छ ।कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा कोषका कार्यक्रमलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।उनका अनुसार सह–कार्यालय रहेको स्थानमा कोषको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ । आर्थिक वर्ष (आव) २०८०–८१ मा कोषले आर्जित मुनाफाबाट नेपाल सरकारलाई राजस्वबापत ४० करोड ५१ लाख रुपैयाँ योगदान गरेकोमा आव २०८१–८२ मा ४४ करोड ३१ लाख रुपैयाँ योगदान गरिएको छ ।अध्यक्ष घिमिरेले स्वरोजगार तथा वैदेश
जनकपुर— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार कुनै पनि प्रकारका अपराध हुन नदिन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बुधबार जनकपुरधाममा सम्पन्न मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन गर्दै उनले अपराध रोकथाम र अपराधीलाई कानुनी दायरामा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव बिगार्ने, हिंसा फैलाउने वा राजनीतिक अस्थिरता सिर्जना गर्ने कार्यलाई सरकारले कडाइका साथ नियन्त्रण गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने बताए।गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.