समाज

    Showing १८१-१९० of ११,१६२ items.
  • वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३

    ललितपुर / सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार–२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २४४ पटक पढिएको
  • कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छ: मन्त्री चौधरी

    काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छन् ।कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताएकी हुन् ।‘कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५४ पटक पढिएको
  • रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण

    जाजरकोट / यही साउन ३० गते भएको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न गाउँमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।पहिरोमा परी चार जनाको दुःखद निधन भएको थियो भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ । पहिरो तथा जमिन भासिने क्रमका कारण चौपाया र बालीनालीमा समेत व्यापक क्षति पुगेको छ । पहिरोका कारण प्रभावित क्षेत्रका घरआँगनमा समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएको भूगर्भविद्सहितको अध्ययन टोलीले समेत पहिरो प्रभावित क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको जानकारी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७३ पटक पढिएको
  • कर्णाली मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय

    सुर्खेत / कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान, सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक र प्रदेश सचिवको जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको छ ।मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने विषयमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले हालै कर्णाली प्रदेशमा आउनुभएका प

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १३५ पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठिक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १०७ पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौं / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सिंहदरबारमा बस्ने भएको हो । आज बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ ।बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।  

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ७३ पटक पढिएको
  • सहमति कार्यान्वयनमा ढिलाइप्रति इन्टर्न चिकित्सक आक्रोशित, फेरि अनशनको चेतावनी

    काठमाडौं—  सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्। ‘एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’ ले सहमति भएको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयनतर्फ ठोस पहल नभएको भन्दै असन्तुष्टि जनाएको हो।मुभमेन्टका संयोजक डिल्ली हरिजनका अनुसार गत साउन २२ गते अनशनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट आवश्यक निर्णय हुनुपर्ने थियो। तर १६ दिन बितिसक्दा समेत त्यसतर्फ कुनै ठोस प्रगति नभएको उनको भनाइ छ।इन्टर्न चिकित्सकहरूको प्रमुख माग जीवन निर्वाह भत्ता वृद

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ५८५ पटक पढिएको
  • आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनमा नियमन जरुरी

    काठमाडौं / सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनलाई व्यवस्थित र नियमन गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ ।छलफलका क्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु कामदारलाई औपचारिक दायरामा ल्याउने र आउटसोर्सिङ कम्पनीमाथिको नियमन कडा बनाउने तयारी भइरहेको बताएका छन् । मंगलबार बसेको समिति बैठकमा मन्त्री यादवले सरकारले यसअघि सरोकारवालासँग अन्तरक्रिया गरी श्रम ऐनसँग सम्बन्धित समस्या र धारणा बुझ्ने काम गरेको बताए । ‘केयर इकोनोमिक्स’ र घरेलु कामदारको विषयमा स्पष्ट नीति आवश्यक रहेकाले सरकारले यससम्बन्धी काम अगाडि

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २३४ पटक पढिएको
  • कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ: मन्त्री चौधरी

    काठमाडौं / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउँदै नेपालमै लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मंगलबार आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले काठमाडौंमा आयोजना गरेको ‘वन तथा कृषि उद्यमहरूको प्रवद्र्धनः निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषि तथा वन क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले साना किसान, सामुदायिक वन समूह तथा उत्पादक संगठ

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २३४ पटक पढिएको
  • आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

    काठमाडौं / बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत रहेका छन् ।  कुराकानीमा एसपी थापाले भने,आज बिहान व्यस्त समय (पिक आवर) मा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.