भैरहवा / भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केराको मूल्य बढेपछि उत्साहित भएका हुन् । मर्चवारी गाउँपालिका–१ का किसान बिभाण्ड यादव पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन् । करिब ११ बिघा क्षेत्रफलमा जैविक विधिबाट केरा खेती गरिरहेका यादवका अनुसार अघिल्ला दुई–तीन वर्षमा उत्पादनको उचित मूल्य नपाउँदा किसानले ठूलो घाटा व्यहोर्नुपरेको थियो । कतिपय अ
काठमाडौं / महिला उद्यमशीलता तथा घरेलु र हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्नुका साथै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला आजदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको छ ।मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तीज पर्वमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा विभिन्न पहिरनसमेत मेलाका आकर्षण बनेका छन् । मेलाको उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला उद्यमीलाई एकै ठाउँमा भेला गराएर एकअर्कालाई प्रो
काठमाडौं / सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्पादन भएका कामको जानकारी दिँदै कार्यदल गठन गरिएको बताए । उनले भने, ‘मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका सदस्यहर
जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।लगातारको वर्षाका कारण खोजी तथा उद्ध
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले ऊर्जा, कृषि, सिँचाइ तथा खाद्य सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने बताएका छन्।शुक्रबार आयोजित ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठी: नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सुपर एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार एल निनोको प्रभाव सुरु भइसकेको छ भने यसको तीव्रता अझै अनिश्चित रहेकाले थप सतर्कता आवश्यक छ।उनले जल तथा मौसम विज्ञान विभागले जेठ
काठमाडौं / तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए । प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् ।‘गरिमा चौधरी तीन वर्षी
काठमाडौं / नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर– जी सेवा उपलब्ध हुनेछ ।उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चाल
जनकपुर / जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ । गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अ
ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ । जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहिबारबाट औपचारीक ताप्लेजुङ—काठमाडौ बस सेवा सुरु गरेको हो। ताप्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो ।ताप्लेजुङ अवस्थित पाथीभराको दर्शण गर्न आउने भक्तजन, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा भ्रमाण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले बताए । सुरक्षालाई मध्यनजर गर्दै ब
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ । प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर अफिसमा आधिकारीक खबर नआएको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.