समाज

    Showing २२१-२३० of ११,१६२ items.
  • पर्वत परियारलाई गाउँबाटै झिकाएर डा. सुनील शर्माले गराए निःशुल्क उपचार

    काठमाडौं / चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् ।उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिएर उदाहरण बनेका हुन् ।कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन्। जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लाग

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १९३ पटक पढिएको
  • आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

    काठमाडौं / आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । सुरक्षा सिंह मल

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०१ पटक पढिएको
  • ‘सारथी’ को प्रदर्शन मिति घोषणा

    काठमाडौं / अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ ।उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् । प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले सिनेमाको प्रचारप

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३१८ पटक पढिएको
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    काठमाडौं / नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा ९१० बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन् । उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए । कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १३० पटक पढिएको
  • बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित

    काठमाडौं / अविरल वर्षापछि आएको बाढी, पहिरो र सडक क्षतिले देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन्। कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङ जोड्ने सडकखण्डमा पनि यातायात प्रभावित बनेको छ। बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिम बढेपछि सवारी सञ्चाल

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १७८ पटक पढिएको
  • शिक्षा ऐनका सुझाव संकलन गर्न धनगढीमा ‘शिक्षा संवाद’

    धनगढी / आगामी विद्यालय शिक्षा ऐनलाई थप प्रभावकारी बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार धनगढी जाने कार्यक्रम रहेको छ।मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत धनगढीमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच प्रत्यक्ष छलफल र अन्तरक्रिया गरिनेछ।संवादका क्रममा विद्यालय शिक्षामा देखिएका समस्या, सुधारका सम्भावित उपाय तथा नयाँ शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयमा सहभागीबाट स

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २६५ पटक पढिएको
  • जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

    रौतहट / बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ । पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् । भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रति

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १७९ पटक पढिएको
  • जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री

    जाजरकोट / जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ ।पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो । सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।आजै भवानी दल गणमा कार्यरत महिला सैनिकहरूले समेत रिसाङ र आसपासका पहिरो प्रभावित स्थानीयका लागि राहत सामग्री बोकेर ढुवानी गर्न तथा वितरणमा सहयोग गरेका छन् । सडकको पहुँच नहुँदा पैदलमार्फत जोखिमपूर्ण बाटो हुँदै राह

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १५३ पटक पढिएको
  • कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता

    हुम्ला / खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बगेर बेपत्ता भएका छन् ।बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । उनीहरू दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए । नदी किनारमा खेल्ने क्रममा दुवै जनालाई कर्णा

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १५९ पटक पढिएको
  • टिकाथली बस्दै आएका अर्का सुकुम्बासीले गरे आत्महत्या

    काठमाडौं— एक सुकुम्बासीले फेरी आत्महत्या गरेका छन्। गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा मृत अवस्थामा फेला परेका हुन्।नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए। सरकारले गैरीगाउँको बस्ती हटाएपछि उनी डेरामा बस्न बाध्य भएका थिए। प्रहरीका अनुसार उनले अस्ति राति डेरामै आत्महत्या गरेका हुन्। उनको हिजो नै अन्त्येष्टि गरिएको छ।यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान पनि मृत अवस्थामा फेला परेका थिए। उनको परिवारले सरकारसमक्ष १२ बुँदे माग राख्दै आएको छ।लगातार भएका यी घटनापछि विस्थापित सुकुम्बास

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ५०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.