समाज

    Showing २५१-२६० of ११,१६२ items.
  • पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

    काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम पाँच वर्षका लागि पाँचवटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो । नवीकरण हुने कम्पनीमा डि.जी. लिंक नेटवर्क प्रालि., विमान नेटवर्क प्रा. लि., श्री वाई फाई नेपाल प्रा।.लि., शिखर नेट प्रालि। र युनाईट नेटवर्कस् प्रा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २१२ पटक पढिएको
  • मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।अध्यक्ष मगरले मानव अधिकारका विषयमा नागरिक समाजसँग सहकार्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २९२ पटक पढिएको
  • १३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

    काठमाडौं / नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् । हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ । यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पासाङ गेल

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८५ पटक पढिएको
  • चिकित्सा शिक्षा सुधारबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    काठमाडौं / चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, आवासीय तथा प्रशिक्षार्थी चिकित्सकको सेवा–सुविधा, काम गर्ने अवधि र व्यावसायिक दक्षता सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच छलफल भएको छ।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित बैठकमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का प्रतिनिधिहरू सहभागी थिए।बैठकमा प्रा.डा. अग्रवा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १६९ पटक पढिएको
  • पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ । माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ ह

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १९२ पटक पढिएको
  • राष्ट्रिय सूचना दिवस मनाइँदै

     काठमाडौं / आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको हो ।यसको यसको मुख्य उद्देश्य भनेको नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने हो ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १७७ पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ । यस्तै, बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्  ।त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४६ पटक पढिएको
  • जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

    काठमाडौं / जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ ।मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताए । संयोजक परियारले अभियानले देशमा विद्यमान विभेद, भ्रष्टाचार, अन्याय, शोषण तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित समस्याविरुद्ध संगठित रूपमा आवाज उठाउने जनाए । अभियानले नागरिकका मौलिक हक तथा अधिकारको संरक्षण, सामाजिक तथा आर्थिक विभेदको अन्त्य र राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उन

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३५ पटक पढिएको
  • जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने, नेपाल–भारतका साधुसन्त आउने

    जनकपुर / सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ ।श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ । सन्त तुलसीदासले रामभक्तिको माध्यमबाट सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याएकाले उनको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।अध्यक्ष दासका अनुसार महोत्सवअन्तर्गत श्री

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३५ पटक पढिएको
  • पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले बबई र भेरी–बबई डाइभर्सन आयोजना आगामी दुई वर्षभित्र तथा सुनकोशी–मरिन डाइभर्सन, सिक्टा र रानी जमरा–कुलरिया सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव मोहनकुमार शाक्यले मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आयोजनाहरूको प्रगति, चुनौती र समयसीमाबारे समीक्षा गर्दै नयाँ कार्ययोजना तय गरेको जानकारी दिए।उनका अनुसार बबई र भेरी–बबई आयोजना अन्तिम चरणतर्फ अघि बढिरहेका छ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २२५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.