जाजरकोट / लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ ।नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो । बाटो मर्मत नहुँदा राहत सामग्री ढुवानी समस्या भएपछि मानिस हिंडन मिल्ने गरेर मंगलबार बाटो मर्मतपछि सरकारी अधिकारीको टोली राहत सामग्री लिएर रिसाङ पुगेको हो । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भवानी दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी गोबिन्द
ताप्लेजुङ / ताप्लेजुङमा एक समय नगदेबालीका रूपमा परिचित बहुउपयोगी जडीबुटी चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ। बजार मूल्यमा हुने उतारचढाव, उत्पादन लागत वृद्धि, वन फँडानीसम्बन्धी कडाइ, श्रमिक अभाव र युवाको वैदेशिक पलायनका कारण किसानले चिराइतो खेती छाडेर अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षित हुन थालेका छन्।मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे पनि यस वर्ष करिब तीन मन मात्रै संकलन गरेका छन्। लामो समयदेखि चिराइतो खेती गर्दै आएका उनी अहिले खेती छाडेर काठमाडौं बसाइँ सरेका छन्।सिम्बुक गाउँका २८ वर्षीय पाण्डे शेर
काठमाडौं / राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।मंगलबार बसेको समितिको बैठकमा सरकारद्वारा विभिन्न संवैधानिक तथा अन्य निकायमा हुने नियुक्तिमा समावेशिताको अवस्था, त्यसमा देखिएका समस्या र सुधारका उपायबारे छलफल भएको हो । बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले सरकारद्वारा नियुक्त हुने पदाधिकारीमा समावेशी प्रतिनिधित्वको अवस्था तथ्यांकका आधारमा अध्ययन गर्नुपर्ने बताइन्। सभापति राईले समावेशिताको विषय क्षेत्र, जाति, समुदाय र वर्गअनुसार फर
काठमाडौं / राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गरेका छन् । मंगलबार स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। प्रदर्शनमा फाउण्डेशनका प्रवक्ता अनिल श्रेष्ठले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध नभएको भन्दै राइडहरुमाथि शोषण भएकाले बाध्य भएर सडकमा आएको बताए । उनले भने,‘हामी यहाँ रहरले आएका होइनौं, उचित भाडादर हुनुपर्यो । हामीमाथि शोषण भइरहेकाले बाध्य भएर सडकमा आएका हौं ।’उनले हाल कायम रहेको भाडादरले चालकको श्रम, समय, इन्धन तथा सवारीसाधनको मर्मतसम्भारको खर्च
ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए । पछिल्लो समय भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गरको छ । पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यव
काठमाडौं / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ ।विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेकाले सबै अनलाइन व्यवसायीहरूलाई कानुनी दायरामा आउन आह्वान गरेको हो । ऐनको व्यवस्थाअनुसार वेबसाइट, मोबाइल एप्लिकेसन, सफ्टवेयर वा सामाजिक सञ्जालका मार्केटप्लेस (फेसबुक, इन्स्टाग्राम आदि) मार्फत वस्तु वा सेवाको व्यापार गर्ने सबै प्रणालीलाई ई–कमर्सको दायरामा राखिएको छ ।यसमा वस्त
बाजुरा / बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षती पुगेको छ । साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका विभिन्न ठाउँमा क्षती समेत पुगेको छ । बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाट लगायत विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिममा परेको खबर पाउने बित्तिकै नेपाल प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।कठिन परिस्थितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले जोखिममा परेका नागरिकको
काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपाली नागरिक जुनसुकै मुलुकमा रहेको भए पनि उनीहरूविरुद्ध विदेशमा हुने कसुरजन्य कार्यमा संलग्न व्यक्ति नेपाल प्रवेश गरेपछि नेपालको कानुनी दायरामा आउने व्यवस्था मुलुकी संहिताले गरेको बताएका छन् ।सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै ढुंगानाले संहिताले नेपालको क्षेत्राधिकारभन्दा बाहिर भएका केही कसुरमा समेत नेपाली नागरिकको संरक्षण हुने महत्वपूर्ण व्यवस्था गरेको बताए ।उनले भने, ‘नेपालको नागरिक जुनसुकै ठाउँमा रहेपनि अपराध संहिताको एक्सटेन्सन राज्य क्षेत्रभित्र मात्रै सिमित हुँदैन भन्ने बुझ्नुपर्
काठमाडौं / सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । जेलबाट रिहा भएपछि मंगलबार सामाजिक संजालमा उनले सत्य नमरेको र कलमा हारेको छैन् भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन् । ‘सत्य मरेको छैन, कलम हारेको छैन,’ पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना ’उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने विश्वास व्यक्त गर्दै सत्यको अन्ततः जित हुने संकेत गरेका छन् । उनले भने, ‘पन्छीको ठाउँ
बाजुरा / बाजुराको ताम्सु पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो । २०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरो गएको थियो । पहिरोमा परी दुईवटा घर पुरिएका थिए । भने २० बर्षिया प्रतिक्षा थापाको मृत्यु भएको थियो । साथै दुई जना घाईते भएका थिए । विपद्पछि प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल तथा महिला विकास मञ्च, बाजुराको सहकार्यमा राहत सामग्री उपलब्ध गराइएको हो ।क्षतिको विवरण,प्रभावित परि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.