काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् ।इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए ।उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डा
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।
काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् ।शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए ।पौडेलले आफ्नो अनुभव साझा गर्दै साधारण सदस्यदेखि भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए ।उनले भने, ‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो । मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भय
काठमाडौं— नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।“अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक
काठमाडौं— पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् ।माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो ।आज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती हो र सो अवसरमा विभिन्न कार्यक्रम गरि देशभर मनाइदैँछ ।
बाजुरा— बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरु भएको हो ।पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समय सम्म स्थानियलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्यपनि एकैसाथ शुरु गरिएको बुढिनन्दा नगरपालिकाका नगर उप–प्रमुख राम बहादुर बोहराले जानकारी दिए ।बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् । वर्षौंदेखि यस ख
काठमाडौं— क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ ।विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम
काठमाडौं— शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् । सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराएकी हुन् ।थलीस्थित आयोजक कागेश्वरी मनोह
काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् ।महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ ।उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।दोस्रो विशेष महाधिवेशन व्यव
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।उनले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं १सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना !’
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.