काठमाडौं— नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । शुक्रबार नेपाल स्कटल्याण्डसँग २७ रनले पराजित भएको हो ।स्कटल्याण्डले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । यस अघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले अर्को अभ्यास खेल जनवरी ११ मा जिम्बाबेसँग खेल्ने तालिका छ ।जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।
झापा— जिल्लाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो ।&nbs
काठमाडौं— नेपाली कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाएको सन्दर्भमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन बोलाएका थिए ।पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।हिजै मात्रै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो ।साथै नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा व
कैलाली— जिल्लामा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी रहेका छन् ।चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं— अपाङ्गता तथा विकाससम्बन्धी समस्या भएका बालबालिकालाई सानै उमेरदेखि पहिचान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित बाल भौतिक चिकित्सक कल्पना बस्नेतले विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २०, रामघाटमा अवस्थित अर्ली इन्टरभेन्सन सेन्टरमार्फत उनले प्रारम्भिक हस्तक्षेप लाई उपचारको मूल आधार बनाएकी छन् ।यो सेन्टरमा छ सात महिनाको शिशुदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी थेरापी सेवा दिइन्छ । बच्चाको अवस्था, कमजोरी र आवश्यकताको विस्तृत मूल्याङ्कन पछि लक्ष्य निर्धारण गरेर थेरापी सुरु गरिन्छ । बोल्न गाह्रो हुने, सेन्सरी इस्यु, व्यवहारगत समस्या देखिने बालब
काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।
काठमाडौं— नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं
काठमाडौं— यतिबेला देशभर आयोजना भइरहेका मेला महोत्सवका कारण कलाकारहरू व्यस्त देखिएका छन् । राजधानी काठमाडौंमा स्थिर नबसी एक स्थानबाट अर्को स्थानसम्म यात्रा गर्दै उनीहरू निरन्तर मञ्चमा प्रस्तुत भइरहेका छन् । कलाकारहरूको जीवनशैली नै यात्रामय हुने गरेको छ ।विभिन्न जिल्लामा १५ देखि २० दिनसम्म सञ्चालन हुने मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न कलाकारहरू गीत संगीतमार्फत माहोल तताइरहेका छन् । मेला महोत्सवमा चर्चित कलाकारदेखि स्थानीय कलाकारसम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ । दर्शकको चाहनाअनुसार गीत गाउने, नचाउने र रमाइलो गराउने कलाकारहरूको प्रस्तुतिले मेला थप आकर्षक बन्दै गएको छ ।मञ्चअगाडि द
रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् ।बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्।घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ।पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए।चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएका
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.