समाज

    Showing 3,011-3,020 of 11,025 items.
  • कानुन मन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो । राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 176 पटक पढिएको
  • मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

    काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।साथै सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहेको विषयमा पनि छलफल भएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 177 पटक पढिएको
  • भालु खोपमा निःशुल्क स्वास्थ्य शिविर, १५० ले लिए निस्शुल्क स्वास्थ्य सेवा

    रामेछाप— रामेछापको रामेछाप नगरपालिका–६ भालु खोमपमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र रामेछाप नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।शिविरमा चिकित्सालयको तर्फबाट बिरामीको स्वास्थ्य जाँच, परामर्श तथा निस्शुल्क औषधि वितरण गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा १५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।चिकित्सालयका डा.उत्तम गैरे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा दिएका थिए । उपचारका लागि आउने मध्ये अधिकांश घुँडा दुख्ने समस्या भएका बिरामी रहेका डाक्टर गैरेले बताए । यस बाहेक

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 474 पटक पढिएको
  • भेरी–बबई निर्माणमा ढिलाईस् चौथो पटक म्याद थप्दासम्म आधा मात्रै प्रगति

    सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले पहल गरेको जनाइएको छ ।आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल प्रगति ५० प्रतिशत सकिएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप राख्ने काम) लगायतका काम सम्पन्न गर्नमा लागि चीनको ग्वाङ्डोन–युना

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 204 पटक पढिएको
  • प्रहरीद्वारा हेटौँडामा ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट

    हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१८स्थित शिवम् सिमेन्ट नजिक रहेको एक कारखानाबाट करिब ६ हजार लिटर अवैध लोकल मदिरा बरामद गरी नष्ट गरेको हो ।प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर ठूलोदमार र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेर चेकजाँ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 188 पटक पढिएको
  • ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

    काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ । यससँगै तेहरानले जारी द्वन्द्वमा आफूले ऐतिहासिक विजय हासिल गरिसकेको दाबी समेत गरेको छ।परिषद्ले जारी गरेको विस्तृत विज्ञप्ति अनुसार, ईरानले वाशिंगटनलाई १० बुँदे रणनीतिक र आर्थिक मागहरू स्वीकार गर्न बाध्य पारेको दाबी गरेको छ । ईरानका प्रमुख मागहरूमा अनाक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा ईरानी नियन्त्रणको निरन्तरता, युरेनियम संवर्धनको मान्यता, ईरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने, मध्यपूर्व क्षेत्रब

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 218 पटक पढिएको
  • सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

    काठमाडौं— सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट गरिसकिएको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ३४

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 469 पटक पढिएको
  • सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा

    काठमाडौं— नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूको व्यावसायिक सहजताका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड डलर कार्ड सुविधा दिने नयाँ व्यवस्था गरेको हो ।साधारण आईटी उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार डलरसम्मको सीमा पाउने भए तापनि निर्यातमा संलग्न उद्योगहरूका हकमा भने राष्ट्र बैंक लचिलो बनेको हो । विदेशी मुद्रा आर्जन गरेको आधारमा त्यस्ता कम्पनीले थप २ हजार डलर (कुल ५ हजार डलर) सम्मको सटही सुविधा पाउनेछन

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 449 पटक पढिएको
  • बाजुरामा बिहानै देखि वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

    बाजुरा— बाजुरामा बिहानै देखि वर्षा भइरहेको छ । बाजुराका ९ वटै स्थानीय तहमा हावाहुरीका साथै वर्षात भइरहेको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात समेत भइरहेको छ ।बाजुराको बडी मालिका,गौमुल,बुढिनन्दा,हिमाली,त्रिवेणी नगरपालिकाका हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । भने अन्य पालिकामा सामान्य देखि मध्यम वर्षात भइरहेको छ ।मौसममा आएको बदलिँदा कारण वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ । चिसोले स—साना बालबालिका देखि बृद्धबृद्धा बढी प्रभावित भएका छन् । त्यस्तै माध्यमिक शिक्षा परीक्षा एसइई दिने परिक्षार्थीलाई समेत चिसोले प्रभावित बनेका छन् ।बाजुराका उच्च हिमाली क्षेत्रमा पटक पटक हिमपात भइरहेक

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 462 पटक पढिएको
  • बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं— हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले करीब एकवर्ष अघि आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाएकी थिईन् ।शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 512 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.