समाज

    Showing 3,031-3,040 of 11,025 items.
  • राष्ट्रिय सभा विधायन व्यवस्थापन समिति सभापतिमा रोकाय निर्वाचित

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् ।मंगलबार सिंहदरबारमा समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा निर्वाचित गरेको हो ।सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै खालको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बचाउने गरि भूमिका निर्वाह गर्ने बताए।उनले भने, ‘मैले आफ्नो कार्यकाल

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 170 पटक पढिएको
  • भाउजूको प्रवेशपत्र लिएर एसइई परीक्षा दिएको आरोपमा देवर पक्राउ

    इनरुवा— जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो । पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको उनले जानकारी दिए ।भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 514 पटक पढिएको
  • ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

    काठमाडौं। नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।मंगलबा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् भन्दै चेतावनी दिइन् ।उनले भनिन्,‘२००७ सालदेखि भएका हरेक परिवर्तनका जनआन्दोलन देखि लिएर जेनजी आन्दोलन घट्नाक्रमलाई लिएर सरकारले सबै फाइल खोलियोस् । हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको कारणले भित्र नराखियोस् । भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् ।’

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 213 पटक पढिएको
  • ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सांसद धिमालको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिम्रौनगढलाई मिथिला सभ्यता र तिरहुत क्षेत्रको हजारौं वर्ष पूरानो राजधानी तथा नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण धरोहरका रूपमा रहेको बताएका हुन् ।उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।उनले विशेष रूपमा २०६७ सालमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्ध रूपमा पोखरी खन्ने कार्यले सिम्रौनगढको करिब ८० प्रतिशत ऐतिहासिक सम्पदा नष्ट भएको

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 196 पटक पढिएको
  • सांसद आकृतिको प्रश्न : विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गर्ने आदेश कुन राष्ट्रको कानुनले दिन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या  गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ भन्दै उनले प्रश्न गरेकी छन् ।उनले नेपालको संविधान र वि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 204 पटक पढिएको
  • यस्ता छन्, मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरु

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वजनिक गरेकी छन् ।बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 192 पटक पढिएको
  • प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् । अब अर्को बैठक बुधबार १ बजे बस्नेछ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 215 पटक पढिएको
  • नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ

    काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् ।एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 201 पटक पढिएको
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

    काठमाडौं— राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 531 पटक पढिएको
  • किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

    काठमाडौं— नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.