समाज

    Showing 301-310 of 6,537 items.
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ः३० बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१६औँ बैठक बस्दैछ ।बैठकमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।यस्तै,

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 312 पटक पढिएको
  • महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन

    काठमाडौं— नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्‍याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने तथा भदौ २३ र २४ गतेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य लिएको स्पष्ट पारेको छ ।अन्तरपार्टी निर्देशनमा ती दुवै उद्देश्यमा महाधिवेशन पूर्ण रूपमा स

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 320 पटक पढिएको
  • बाँकेका थारू बस्तीमा माघीको चहलपहल

    राँझा। बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताउनुभयो ।“माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्”, थारूले भन्नुभयो, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।”थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 155 पटक पढिएको
  • विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

    काठमाडौं— नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 358 पटक पढिएको
  • लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

    काठमाडौं— लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए । उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूह

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 356 पटक पढिएको
  • नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

    जनकपुर— नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ ।उनीहरुले धनुषाको धनुषाधाम नगरपालिका र जनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गत्ते देखि काकड्भिट्टाबाट सुरु भएको उक्त अभियान देशका तीन स्थानबाट एकै साथ सुरु भएको समाजवादी युवा जागरण अयिभानका प्रमुख तथा नेकपा ९माओवादी०का केन्द्रिय सदस्य प्रकाश केसीले जानकारी दिए ।उक्त अभियानले विभिन्न मागहरु उठाउँदै जनतालाई सचेत गराउने उद्देश

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 367 पटक पढिएको
  • योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छः सभापति लामिछाने

    काठमाडौं— रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् ।बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले लेख्ने हो । यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा रु के का लागि राख्ने रु कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई रु नराख्ने म स्पष्ट गर्न चाहान्छु । मलाई कटाक्ष गर्नु छैन, पीर

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 358 पटक पढिएको
  • अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

    काठमाडौं— संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।सोही क्रममा सचिव मुकुन्द प्रसाद निरौलाले वर्तमान सम्झौताले मानव इतिहास, पहिचान र सभ्यताको प्रमाणको रूपमा सांस्कृतिक सम्पत्तिको रक्षा गर्ने सामूहिक जिम्मेवारीलाई सुधार गरेर सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् ।उन

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 374 पटक पढिएको
  • सरस्वती पूजा नजिकिँदा मूर्तिकारलाई भ्याईनभ्याई, मौसमले थप्यो चुनौति

    जनकपुर— सरस्वती पूजा आउन १५ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।जनकपुरधामसहित धनुषामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् ।सिजनल काम भएकोले गर्दा वर्षभरि अरु काम गर्ने र चाडपर्व नजिक आउँदा मूर्ति निर्माणमा व्यस्त हुन्छन मूर्तिकारहरु ।यसपाली भने मूर्तिकारहरुलाई असहजता भएको देखिएको छ । घाम नलागेका कारण माटो मुछ्नेदेखि लिएर मूर्ति सुकाउन समेत गाह्रो भएको बताउँछन् जनकपुरधामका मूर्तिकार उतीम लाल पण्डित । अत्याधिक चिसो बढेका कारण माटो मुछ्दा हात खुट्टा सुन्निने

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 387 पटक पढिएको
  • नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 398 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा