समाज

    Showing 3,471-3,480 of 6,681 items.
  • दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

    काठमाडौं— दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 413 पटक पढिएको
  • पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल भदौ अन्तिम सातामा हुने

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।चावहिल स्पोट्र्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 480 पटक पढिएको
  • खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

    काठमाडौं— नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 467 पटक पढिएको
  • पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन

    काठमाडौं— नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख  किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको ग

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 483 पटक पढिएको
  • कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड

    बाजुरा— बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।विकट क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६ औं वार्षिकोत्सव तथा १३ औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको  स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 453 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढेपछि तस्करी विरुद्ध ७७ हजार ५०० जनालाई परामर्श प्रदान

    काठमाडौं—  मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले १२७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानवाट उद्धार गरेको छ ।दशवटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरूमार्फत ७५८ र सोही जिल्लाका विभिन्न संघसंस्थामार्फत दुई हजार ७३२ जना गरी जम्मा तीन हजार ४९० जना पीडितरप्रभावितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।यसैगरी, नेपाल–भारत सीमा नाकालगायत विभिन्न स्थानमा रहेका संघसंस्थाका सूचना केन

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 502 पटक पढिएको
  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखियो, नेपालमा उच्च सतर्कता

    कञ्चनपुर— भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए । उनले भारतसँग

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 584 पटक पढिएको
  • नेप्से परिसूचक घट्यो, चार अर्ब ७२ करोडको कारोबार

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 519 पटक पढिएको
  • माइक्रोबस 'रिजर्भ' गरेर आएका युवाहरूको कुटपिटबाट नख्खुडोलमा एक युवक घाइते

     ललितपुर—  ललितपुरमा एक युवामाथि निर्घात कुटपिट भएको छ । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलका २१ वर्षीय युवा आयुश गुरुङमाथि कुटपिट भएको हो । धादिङका आकाश तामाङ, कैलालीका रमेश सेठीसहित १०/१२ जनाको समूहमा आएका युवाहरूले आयुशमाथि निर्घात कुटपिट गरेका हुन् । गएको बिहीबार एक माइक्रो बस नै ‘रिजर्भ’ गरेर नख्खुडोल पुगेका उनीहरूले आयुशमाथि कुटपिट गरेको खुलेको छ । ललितपुर प्रहरीले कुटपिटमा संलग्न आकाशसहित तीनजनाविरुद्ध अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते आयुशको टाउकोमा गम्भीर चोट लागेको छ । उनको पाटन अस्पतालमा उपच

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 633 पटक पढिएको
  • उखु किसानको अनुदान कटौती नगर्न सरकारलाई सांसद् चौधरीले गराए सचेत

    काठमाडौं— पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद् विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् ।सांसद् चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान प्रति क्विन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकार विरुद्ध आन्दोलित छन् ।उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफुलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् । सांसद चौधरीले सरकारले दिदै आएको अ

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 505 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा