समाज

    Showing ३१-४० of ११,१६२ items.
  • आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण: ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

    काठमाडौं / धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन्।वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताएका छन्। उनका अनुसार बाढीपहिरोका क्रममा एउटा बैंकको भल्ट फेला परेपछि केही युवाले भल्ट फुटाएर रकम निकाली आपसमा बाँडेका थिए। आफूले घटनाबारे थाहा पाएपछि सबै रकम संकलन गरी प्रहरीलाई बुझाएको उनले बताए।उनले भने, ‘बाढीपहिरोबाट एउटा बैंकको भल्ट फेला पारेर केटाहरूले सबै फुटाएर पैसाहरू

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २१४ पटक पढिएको
  • चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ: मन्त्री श्रेष्ठ

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार साथमा रहेको बताएका छन् ।परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उनको भनाइ थियो ।‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १८६ पटक पढिएको
  • सुरुङमा फसेका श्रमिकको तत्काल उद्धार गर्न ट्रेड युनियन कांग्रेसको माग

    काठमाडौं / नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका श्रमिकहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। महासंघले उद्धार कार्यमा ढिलाइ भइरहेको भन्दै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो। बुधबार जारी विज्ञप्तिमा महासंघले हालसम्म करिब ९ सय श्रमिक सुरुङभित्र फसिरहेको दाबी गर्दै सात दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन नसकेको जनाएको छ। श्रमिकको ज्यान बचाउन आवश्यक स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।महासंघका अनुसार बाढी र पहिरोबाट जलविद्युत्, यातायात, निर्माण, पर्यटनलगायत क्षेत्रमा कार्य

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ४६४ पटक पढिएको
  • विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर सामना गरौँ: सांसद आङ्देम्बे

    काठमाडौं / नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति नेपालले एकैपटक बेहोर्नुपरेको घटना यसअघि नभएको बताए । उनले अकल्पनीय विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । उनले राष्ट्रिय विपद्को समयमा देशभित्र र बाहिर रहेका सबै नेपालीको तत्परता तथा अन्तर्राष्ट्रिय समुदायको एक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गरे ।‘विपद् कुन बेला आउँछ थाहा हु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १६४ पटक पढिएको
  • त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो: सांसद पराजुली

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोसी हुँदै त्रिशूली नदी किनारसम्म प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए । उनले उक्त विपत्तिमा हजारौँ मानिसले ज्यान गुमाएको र हजारौँ परिवार विचल्लीमा परेको बताए । उनले भने, ‘उत्तरतिर हिमाली क्षेत्रमा भएको कुनै गडबढीको कारण सुरु भएको विनासकारी बहाव भोटेकोशी हुँदै त्रिशूली नदी किनारमा प्रवेश गर्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२० पटक पढिएको
  • टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक: प्रधानमन्त्री शाह

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए।उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै चर्चा भइरहेको छ । यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरको कुनै टनेलमा विपत्ति आउँदाखेरी विश्वभरिका टनेल एक्सपर्टहरू टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १८३ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित: प्रधानमन्त्री शाह

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनःस्थापना गर्न थालिएको बताए । सञ्चार सेवाको पहुँचबाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उनको भनाइ छ ।‘प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्ममा ९५ प्रतिशत सेवा पुनःस्थापित भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल ३०

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २०२ पटक पढिएको
  • जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए आधार सुरक्षित राखिएको छ: प्रधानमन्त्री शाह

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै उनले डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको र डीएनए म्याचिङपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने जानकारी दिए। प्रधानमन्त्री शाहका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए। पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाउने काम भइरहेको प्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १६६ पटक पढिएको
  • भोटेकोशी बाढीले १४२ होटलसहित पर्यटन पूर्वाधारमा ठूलो क्षति

    काठमाडौं / भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पर्यटन क्षेत्रको पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीका कारण होटल, पर्यटकीय सवारीसाधन, सम्पदा र प्रमुख पदमार्गमा क्षति पुगेपछि पर्यटन उद्योगमा ठूलो असर परेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक तथ्यांकअनुसार १४२ वटा होटल, ५७ वटा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षतिग्रस्त भएको जानकारी दिए।उनका अनुसार २७ वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ भने लाङटाङ, गोसाइँकुण्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १३८ पटक पढिएको
  • प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जानकारी गराएका हुन्। उनले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्कालै विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिँदै प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अवरुद्ध सडक र सञ्चार सेवा सञ्चालनका लागि भइरहेको प्रयासबारे संसद्लाई अवगत गराएका छन्।प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २१२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.