समाज

    Showing 9,601-9,610 of 11,082 items.
  • आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने

    काठमाडौं— कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ ।काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ ।काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले भन्छन् , ‘यो सुविधा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । अब कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुन

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 315 पटक पढिएको
  • पाथीभरा क्षेत्रमा हिमपात

    ताप्लेजुङ– ताप्लेजुङ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ। केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको हो।हिमपातसँगै मौसम अझै चिसो बनेको छ।  हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ। तीन हजार ७९४ मिटरको उच

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 665 पटक पढिएको
  • कहाँ पुग्यो पोष्टबहादुर बोगटी सुरुङमार्गको काम ?

    काठमाडौं— बाग्मती सरकारको गौरवको आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्गको 'डीपीआर' दराजमै थन्किएको छ । एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको हो ।तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न 'डीपीआर' तयार भएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०७७/७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ ।सरकार फेरिएसँगै सो आयोजना

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 486 पटक पढिएको
  • रेडपाण्डा संरक्षणमा सघाउनेलाई सोलार प्यानल

    ताप्लेजुङ— फुङ्लिङ नगरपालिका-११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो ।हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।लामो समयदे

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 357 पटक पढिएको
  • चिल्ड्रेन पार्कको काम अघि बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

    झापा— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित सुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताएका छन् । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।चिल्ड्रेन पार्क निर्माणको बिषयमा लामो समयदेखि कुरा उठे पनि नबनेको स्थानीयले बताएपछि मुख्यमन्त्री कार्कीले यसै आर्थिक बर्षबाट काम सुरु हुने बताए । पार्क निर्माणस्थलको अवलोकन गर्दै उनले शहरी विकास कार्यालय ईलामका प्रमुख मिलन आचार्यलाई काम अघि बढाउन निर्देशन दिएका छन् । थियो । स्थानीयसँग समन्वय गरी काम छिटो बढाउन उनले आचार्यलाई

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 401 पटक पढिएको
  • गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 344 पटक पढिएको
  • यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात !

    वीरगञ्ज— छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगन्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगन्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साबिकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगन्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ ।वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगन्ज–हेटौँडा हुँदै काठमाडौं जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे । उनले भने, 'मेरो छोरालाई वीरगन्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 302 पटक पढिएको
  • राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं–किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ मा इलाममा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उल्लेखनीय योगदान पुर्याएका थिए।समाज सुधारका लागि फाल्गुनन्दले ‘सत्य धर्म मुचुल्का’ तयार पारे, जसमा सोत–रीतमा पैसा नलिनु, जीवहत्या नगर्नु, मद्यपान र मासु सेवन नगर्नुजस्ता नीति समेटिएका छन्। यसलाई १९८८ साल वैशाख २४ मा जारी गरिएको थियो। महागुरु फाल्गुनन्दले किराँत धर्मको संरक्षण र समाज सुधारमा जीवनभरि योगदान पुर्याए।उनको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०६६ मङ्सिर १६ मा उनलाई राष्ट्रिय विभू

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 774 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिना १० घण्टा बन्द हुने

    काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म उडान बन्द गरेर विस्तारको काम सुरु गरेको हो।विमानस्थलमा समानान्तर ट्याक्सीवे, इन्टरनेशनल एप्रोन, र ह्याङ्गर एप्रोनको विस्तार कार्यका लागि १५ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ। टीआईएको धावनमार्गसँगै ट्याक्सीवे बनाइँदैछ जसले उडान सुरक्षामा सुधार गर्ने अपेक्षा गरिएको छ।नेपालमा हाल त्रिभुवनसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। टीआईएको धावनमार्ग र क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा उड

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 382 पटक पढिएको
  • जुवातास र कौडा खेलिरहेका १ सय २९ जना पक्राउ

    काठमाडौं — देशभर विभिन्न स्थानमा जुवातास र कौडा खेलिरहेका १ सय २९ जनालाई प्रहरीले नगद र ताससहित पक्राउ गरेको छ। विभिन्न जिल्लाहरूमा जिल्ला प्रहरी कार्यालय तथा अन्य प्रहरी इकाईहरूले छापा मार्दै लाखौँ रकम र तासका बुकहरूसहित उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।काठमाडौं महानगरपालिका-६ बौद्धमा सूर्य भन्ने राम बहादुर सुनारको घरबाट २० जनालाई, नुवाकोटको बिदुर नगरपालिका-५ मा बिनोद कुमालसहित ५ जनालाई, मुस्ताङको मार्फामा सुरज लालचनसहित १२ जनालाई, पाँचथरको फिदिम नगरपालिका-१ मा खेमनाथ अधिकारीसहित ३ जनालाई, बाँकेको नेपालगंज उपमहानगरपालिका-४ मा पृतम शाक्यसहित १४ जनालाई, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 486 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.