समाज

    Showing 9,621-9,630 of 10,096 items.
  • गङ्गोत्पत्ति पर्व नदीमा पूजा आराधना गरी मनाइँदै

    काठमाडौँ / प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । द्वापर युगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट पृथ्वीमा गङ्गा अवतरण गराइएकाले यस दिनलाई गङ्गोत्पत्ति पर्वका रूपमा मनाउन थालिएको हो । स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 112 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमणबाट १ को मृत्यु

    बिर्तामोड /  झापाको मेचिनगर नगरपालिका –९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 236 पटक पढिएको
  • मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

    मोरङ / मोरङको बुढीगंगा गाऊपालिका –३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 94 पटक पढिएको
  • कानुनको उल्लङ्घन गर्दै प्रहरी कार्यालय : छाडिए बिना कारवाही भारतीय सवारीसाधन

    पार्थ मण्डलभद्रपुर / वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले भारतीय नम्बर प्लेटका तीन वटा सवारीसाधन बिना कारबाही छाडेका छन् । अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु अगाडी ती सवारीसाधन बिना कारबाही छाडेका हुन् ।१४ महिनादेखि बिना भन्सार सीमावर्ती नेपाली बजारमा खुलेआम भारतीय सवारीसाधन चलिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईको निर्देशनमा ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा भारतीय सवारीसाधन नियन्त्रणमा लिने अभियान थालेका थिए ।सोही अभिया

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,381 पटक पढिएको
  • विराटनगरको इस्लामपुरमा तस्करको समुह र प्रहरी बीच झडप

    विराटनगर / विराटनगरस्थित नेपाल–भारत सीमा नजिकै तस्करको समुह र प्रहरी बीच झडप भएको छ । रिाटनगर महानगरपालिका भित्र पर्ने इस्लामपुर सीमानाकामा तस्करको समुह र प्रहरीबीच सोमबार झडप भएको हो ।इस्लामपुर नाकामा नेपाल–भारत आवत जावत कडाई गरेपछि स्थानीय व्यापारी र तस्करको समुहले सीमामा खटिएका प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । एक वर्षदेखि कोरोनामहामारी नियन्त्रणका सरकारले सीमा नाका शिल गरेको छ ।नयाँ भेरियन्टको कोरोना संक्रमण सुरु भएपछि सरकारले थप कडाई गर्दै सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । सीमा नाका सील भएकै कारण कालोबजारी र तस्करी गर्न नपाएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेको जनाइएको

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,145 पटक पढिएको
  • कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्ग : भौतिक प्रगति ६३ प्रतिशत

    काठमाडौँ / राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेटअभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको र ठेक्कामा भुक्तानी बाँकी भएका कारण काम रोकिने अवस्था आएको छ । चालु आवमा सो आयोजनामा कम बजेट छुट्याइएकाले बजेटको समस्या भएको आयोजना निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनामा बजेटको अभाव हुन नदिने सरकारको नीति भएकाले  कम बजेट छुट्याइने गरिएको छ । भुक्तानीका लागि पुसदेखि नै रकम अर्थ मन्त्रालयलाई माग गरिए पनि मत्रालयले अहिलेसम्म दिइनसके

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 128 पटक पढिएको
  • मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

    मनाङ / नयाँ भेरियन्स सहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 120 पटक पढिएको
  • तेह्र भूमिहीन बने लालपुर्जाका मालिक

    तनहुँ / तेह्र भूमिहीन भूकम्पपीडित लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् । विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् ।प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्प पीडितलाई घडेरी खरीद गर्न रु दुई लाख उपलब्ध गराउने प्रावधान अनुरुप उपलब्ध गराएको थियो । लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युट

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 149 पटक पढिएको
  • एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनका पहुँचमा

    रुकुमपूर्व / रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ ।अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताउनुभयो । वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको राव

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 92 पटक पढिएको
  • कोरोनाका कारण प्रसिद्ध बाराही जात्रा प्रभावित

    टिस्टुङ / मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो । नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम  हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ । सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको सङ्ख्यामा भक्तालुहरु स

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.