समाज

    Showing 9,631-9,640 of 10,096 items.
  • मदन–आश्रित स्मृति दिवसमा भण्डारीको शालिकमा एमाले नेताहरुले गरे माल्यार्पण

    काठमाडौं  / २८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले सोमबार जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता सहभागी थिए ।विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 92 पटक पढिएको
  • नलकटुवा पेस्तोल सहित एक पक्राउ

    सर्लाही / जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले  पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 96 पटक पढिएको
  • कोरोनाको पीडाः बिरानो लाग्दै आफ्नै गाउँ टोल

    गलेश्वर / म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गर्नुभएका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सर

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 104 पटक पढिएको
  • वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौँ / वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मीका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत थिए ।नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्र

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 95 पटक पढिएको
  • मुख्यमन्त्री राउत द्धारा कोभिड अस्पतालको स्थलगत अनुगमन

    धनुषा / पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमण विरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 113 पटक पढिएको
  • लागुऔषधको ओसारपसारमा महिलाको प्रयोग बढ्दो

    रोल्पा / जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये छ महिला नै थिए ।प्रहरीले २०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ गर्यो । चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 146 पटक पढिएको
  • ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण बढ्दै : छ लाखले डाउनलोड गरे

    काठमाडौँ / ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव सात प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।  सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार पाँच लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन (आइएसओ) र पाँच हजारभन्दा बढीले क्युआर कोर्ड स्क्यान गरे

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 151 पटक पढिएको
  • लकडाउन बीच कर्णाली करिडोरको निर्माण तीव्र

    हुम्ला / राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा– सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण  तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ । सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै नि

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 136 पटक पढिएको
  • निषेधाज्ञा छल्दै चरेस तस्करी, दुई जना पक्राउ

    बैतडी / लागुऔषध सहित शनिबार बैतडीमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सुपप्र४००१प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो । बरामद गरिएको चरेस, मो

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 106 पटक पढिएको
  • यस्तो छ आज दिनभरको मौसम

    बिर्तामोड / आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.