समाज

    Showing 9,641-9,650 of 11,082 items.
  • छतमा राखेर यात्रु बोक्नेलाई २० हजार जरिबाना

    धादिङ – जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरिबाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिबाना  गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती गाडीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।प

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 535 पटक पढिएको
  • यात्रुलाई घरजान बाटोकै चिन्ता

    काठमाडौं— दशैं मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ । सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाड

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 572 पटक पढिएको
  • नवरात्र अन्तर्गत आज स्कन्दमाताको पूजा-आराधना

    काठमाडौं— बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। य

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 560 पटक पढिएको
  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

    काठमाडौं- अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ।बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। विपदमा परी काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५जना गरी जम्मा १७८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ताक

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 424 पटक पढिएको
  • रक्सी खान छाड्नेलाई नगदसहित सम्मान

    खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ ।सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद पाँच हजार पाँच सय रुपैयाँका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो। अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए।'अत्यधिक मात्रामा मादक पदार्थ सेवनले समाजमा झै

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 365 पटक पढिएको
  • मौसममा सुधार हुँदै, अब ठूलो पानी नपर्ने

    काठमाडौं— देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद रोजन लामिछानेले दिएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उनले बताए । पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 320 पटक पढिएको
  • सहकारी पीडितको प्रदर्शन, आन्दोलनकारी प्रहरी नियन्त्रणमा

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा चितवन साहारा सहकारीका पीडितहरूले नारायणगढको लायन्स चोकमा प्रदर्शन गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यक्रमस्थलमा पुग्न नदिएर नियन्त्रणमा लियो।पीडितहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा ढुङ्गा प्रहार भएको दाबी गरेका छन्। साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले समस्या सुनाउन खोज्दा हस्तक्षेप भएको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 642 पटक पढिएको
  • सुनसहित दुई भारतीय नागरिक पक्राउ

    हेटौँडा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन्। प्रहरीका अनुसार, बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा यात्रा गरिरहेका अभिषेक र राहुललाई रोकी जाँच गर्दा उनीहरूको साथबाट आठ वटा बिस्कुट आकारको सुन बरामद गरिएको हो। सुनको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।प्रहरीले उक्त सुनको मूल्य

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 512 पटक पढिएको
  • दशैंमा सहुलियतका खसीबोका-च्याङ्ग्रा भोलिदेखि बेच्न थालिने

    काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ। खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए। जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए। निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 239 पटक पढिएको
  • मेक्सिकोमा गोली चल्ला ११ नेपाली घाइते

    काठमाडौं— मेक्सिकोको दक्षिणी क्षेत्रमा मेक्सिकन सेनाले गोली प्रहार गरेको गाडीमा ११ जना नेपाली नागरिक सवार रहेको र कोही पनि हताहती नभएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।उक्त घटनामा परेर विभिन्न देशका ६ जनाको मृत्यु भएको थियो । घटनामा ११ जना नेपाली सामान्य घाइते भएको र उनीहरू हाल मेक्सिकोको अध्यागमनको हिरासतमा रहेको अमेरिकास्थित नेपाली दुतावासले आज बिहान जारी गरेको सूचनामा जनाइएको छ ।  त्यस गाडीमा विभिन्न देशका ३३ आप्रवासी यात्रारत थिए ।मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार गत मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किमि) उत्तरमा घटना भएको थियो।&n

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 390 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.