समाज

    Showing 9,741-9,750 of 11,082 items.
  • ताप्लेजुङमा पहिरोले दुई घर बगायो

    ताप्लेजुङ—  फक्ताङलुङ गाउँपालिका वडा नं-६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।बाढी पहिरोले पर्यटकीय गाउँ घुन्सा लगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुल समेत बगाए यातायात सम्पर्क टुटेको छ । पहिरोले

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 492 पटक पढिएको
  • लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

    काठमाडौं— सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ ।अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसका लागि ट्राफिक प्रहरीलाई विशेष किसिमको उपकरण दिइने छ । यो व्यवस्था लागू भएपछि छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने विभागको भनाइ छ ।यद्दपि यो व्यवस्था लागू हुने भने केही समय लाग्नेछ । यसका लागि सफ्टवेयर बनिसके पनि उपकरण भने किन्नै बाँकी छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र परीक्षण गर्ने उपकरण प्राप्त गर्नासाथ य

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 475 पटक पढिएको
  • पानी परिरहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम

    काठमाडौं— गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ ।यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २  र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।सिन्धुपाल्चोकको मानेखर्क, ढुङ्गे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रे लगायत आसपासका वर्षामापन केन्द्रहरूमा सामान्यदेखि मध्य

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 509 पटक पढिएको
  • नारायणघाट–बुटवल सडकखण्ड फेरि अवरुद्ध

    नवलपरासी— पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान पौने पाँच बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए । बाटो एकतर्फी भए पनि सञ्चालनका लाग

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 556 पटक पढिएको
  • लमजुङमा रूख ढलेर किच्दा ८२ वर्षीया वृद्धाको मृत्यु

    लमजुङ- लमजुङमा रूख ढलेर किच्दा वृद्धाको मृत्यु भएको छ। आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रूख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ। पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। 

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 430 पटक पढिएको
  • देशभर एनसेलको नेटवर्क डाउन

    काठमाडौँ- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो ।एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ ।प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 492 पटक पढिएको
  • पुल बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    जनकपुरधाम— धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दा समेत पुल निर्माण हुन सकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रविण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । हाम्रो अभिभावक मधेस सरकार रहेको र मधेस सरकारले नै यो समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यादवले भने, ‘आफूहरु यहाँबाट अरु कतै यो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 599 पटक पढिएको
  • जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

    काठमाडौं-  काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखे

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 457 पटक पढिएको
  • लिभ-इन टुगेदरमा बसेका ब्वाइ फेन्डले विहे नगर्ने भनेपछि झुन्डिने निर्णयमा पुगिन् युवती, प्रहरीले जोगायो

    काठमाडौँ- राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।२ वर्षसम्म लिभ-इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले   विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनक

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 565 पटक पढिएको
  • नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

    हेटौंड- चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।शनिबार (आज) दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए। उनका अनुसार अन्दाजी २५/३० बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनको पहिचान खुलेको छैन।बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 554 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.