समाज

    Showing 9,771-9,780 of 11,082 items.
  • काठमाडौंका दुई पांग्रे सवारीका दुर्घटना धेरै

    काठमाडौं— काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ। तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ। ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन्। मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन्। दुईपाङ्ग्रे सवारीमा छिटोछरितो जान खोज्ने, यात्रा सहज हुने, बढीमा दुई जना मात्र हुने, ट्राफिक नियम पालना गर्न नखोज्ने, लापर्बाही गरी आवश्यकताभन्दा तीव्र गतिमा चलाउने भएकाले बढी दुर्घटना हुने ट्राफिक प्रहरीको विश्लेषण छ। दुर्घटनाका हिसा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 612 पटक पढिएको
  • जग्गा विवादले लाग्यो वडा कार्यालयमा ताला

    सप्तरी–अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नं ५ मा छपकी बस्ने ७५ वर्षीय जलिल मियाले जीविकोपार्जनका लागि राखेको जग्गा दुई दाजुभाइको हक लाग्नेमा एक छोरालाई एकलौटी पास गर्न खोज्दा विवाद उत्पन्न भएको छ । दोस्रो अंशियार जैफुल खातुनले वडा कार्यालयमा उक्त जग्गाको सिफारिस नदिन निवेदन दिएपछि विवाद चर्किएको हो ।वडा कार्यालयले उक्त जग्गाको सिफारिस दिए पनि वडा अध्यक्ष हरि खंगले जलिल मियालाई कुनै सिफारिसमा हस्ताक्षर नगरेको बताएका छन् । १४ गते लिन आएको सिफारिसमा १४ गतेको चलानी दर्ता नगरिएको तर सिफारिसको चलानी ९ गतेको गरिएको पाइएको छ । खंगले १४ गतेको सिफारिसमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।यस विवाद

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 686 पटक पढिएको
  • हतियारसहित दुई भारतीय समातिए

    काठमाडौं–हतियारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 684 पटक पढिएको
  • कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

    कैलाली- कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। बिहान करिब १०:४५ मा बाघले महिलालाई लिएर गएको र सवाँ ११ बजे शव भेटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 335 पटक पढिएको
  • काठमाडौंमा बाढीमा फसेका ३६ जनाको उद्धार

    काठमाडौं— रातभरको वर्षाले काठमाडौं उपत्यकाका धेरै स्थान जलमग्न बने । भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो। काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।ललितपुरको युएन पार्क  क्ष

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 280 पटक पढिएको
  • बाढीले बगाएर बेपत्ता मजदुरको शव फेला

    काठमाडौं । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी गराए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी भइरहेको छ । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन था

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 341 पटक पढिएको
  • ५० हजार धरौटी बुझाएर छुटे निलम्बित मुख्य सचिव अर्याल

    काठमाडौं–निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्त:शुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित अर्याललाई विशेष अदालतको आदेशमा रिहा गरिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उहाँलाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।  अर्याल सहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार बढी विगो दावी गर्दै  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 318 पटक पढिएको
  • साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

    काठमाडौं-  साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ । लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।घाइते हुनेमा ३३ वर्षीय र अर्का २५ वर्षीय युवक छन् । उनीहरूको परिचय खुलाइएको छैन। हाल  उनीहरुको लिमासोल जनरल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ। उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।अहिलेसम्म कसले छुरा प्रहार गरेको खुलेको छैन । अफ्रिकी मूलको व्यक्तिले घटना घटाएको हुनसक्ने प

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 420 पटक पढिएको
  • मेयरको निधनमा आज काठमाडौं उपत्यकाभित्र शोक विदा

    काठमाडौं–कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक विदा दिइएको छ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा विदा दिइएको हो । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नकर्मी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा प्रमुख पदमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 464 पटक पढिएको
  • सिमलताल घटना : १७ दिन भैसक्दा पनि बस र यात्रु अज्ञात, भारतीय टोली फर्कने

    काठमाडौं–चितवनस्थित सिमलतालमा हराएको बस खोज्न थालेको दुई साता भइसक्यो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भयो । खोजीमा नेपाली मात्रै नभएर भारतको राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली पनि खटिएको छ । पहिरोले बगाएको बस र यात्रुको अवस्थाबारे कुनै ठोस जानकारी मिल्न सकेको छैन । गत असार २८ गते सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आउँदै गरेका दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार भएपनि तीमध्ये तीनजना बाँच्न सफल भएका थिए । दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला पारिएको छ । जसमध्ये १

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 369 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.