समाज

    Showing 9,791-9,800 of 11,082 items.
  • बंगलादेशबाट फर्किए १,२०० विद्यार्थी

    काठमाडौं–परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी गराएकी हुन् । ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरुलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको उनको भनाइ छ । त्यस्तै, बंगलादेशबाट अहिलेसम्म १,२०० विद्यार्थीहरु स्वदेश फर्किएको पनि मन्त्री देउवाले जानकारी गराएकी छिन् । उनका अनुसार आइतबार मात्रै ४ सय २० नेपाली विद्यार्थ

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 452 पटक पढिएको
  • विपद्‍जन्य घटनामा मृत्यु हुनेको संख्या १३० पुग्यो

    काठमाडौं–अविरल वर्षाको कारण विपद्‍जन्य घटनामा परी मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका  परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १३० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी गराएको छ । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सु

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 613 पटक पढिएको
  • बङ्गलादेशमा आरक्षणविरोधी हिंसा थप भड्कियो, ११० जनाको मृत्यु–१७ नेपाली स्वदेश फिर्ता

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले १७ जना नेपाली विद्यार्थी आज बङ्गलादेशबाट आज काठमाडौं फर्कने जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।उता, जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा थप बढ्दै जान थाले

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 463 पटक पढिएको
  • अमेरिकामा मनाइयो सिःसेक्पा तङ्नाम

    न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा भव्यरुपमा सिःसेक्पा तङ्नाम (साउने सक्रान्ती) पर्व मनाइएको छ। गत आइतबार किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिःसेक्पा तङनाम भव्य समारोहकाबिच मनाइएको हो। पर्वको अवसरमा दुई खण्डमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। अमेरिकाको न्युजर्सी राज्यस्थित मोन्टेक्लेयर युनिभर्सिटिका प्राध्यापक यामबहादुर लिम्बुको प्रमुख आतिथ्यता सम्पन्न पहिलो खण्डको कार्यक्रममा याक्थुङ समुदायमा जन्म लिएर आफ्नो समुदाय प्रति विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदान दिने राष्ट्रिय विभूतिहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो। कियाचु

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 499 पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न उपकरणसहित भारतीय टोली नेपाल आयो

    काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी आज बिहानैदेखि जारी छ ।आज भारतबाट विशेष उपकरणसहित आएको १० जनाको टोलीसहित बस र यात्रुको खोजी हुनेछ । भारतबाट विशेष उपकरणसहित आएको टोलीले दुर्घटना क्षेत्र सिमलतालबाट खोजविन सुरु गर्नेछ ।गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।शवहरु चितवनको

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 603 पटक पढिएको
  • घिसिङको अडानले प्रधानमन्त्रीको निर्देशनपछि पनि जोडिएन ६ उद्योगमा काटिएको विद्युत लाइन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिए पनि विद्युत प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले हिजो ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले शुक्रबा बोर्ड बैठक बसेर काटिएका उद्योगमा ल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 644 पटक पढिएको
  • बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी अभाव

    काठमाडौं— लगातारको वर्षापछि देशभकार विभिन्न सडकखण्ड अवरुद्ध हुँदा आवातजावतसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । लामो समय राख्न मिल्ने सामानको व्यवस्थापन भए पनि तरकारीको भने अभाव चुलिएको छ । काठमाडौं उपत्यकामा उत्पादित तरकारीले बजारको माग धान्न नसकेपछि काठमाडौंमा तरकारीको अभाव बढ्न थालेको छ । सँगै भएका तरकारीको मूल्य पनि आकासिएको छ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान नपाएका हुन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बज

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 296 पटक पढिएको
  • मुगुमा बिहान ४:४० बजे भूकम्प

    काठमाडौं— मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ।बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।

    • प्रकाशित मितिः साउन २, २०८१
    • 325 पटक पढिएको
  • बारामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते [विवरणसहित]

    बारा- बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । जीतपुर सिमरा उप(महानगरपालिका वडा नं।२३ भलुहीमा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६  नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको र बस चालक सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण-जिल्ला बारा, जितपुरसिमरा उ।म।न।पा। वडा नं।७ बस्ने अ।वर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।९अवस्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 555 पटक पढिएको
  • काठमाडौंमा आज बिहानैदेखि चर्को घाम, अब तीन दिन पानी पर्ने सम्भावना कम

    काठमाडौं–  मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मानन्धरको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले बताइन । काठम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 188 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.