समाज

    Showing 9,831-9,840 of 11,082 items.
  • जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार सिकिस्त

    मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु(याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 358 पटक पढिएको
  • ब्राजिलबाट फर्किए मेयर बालेन, विदेश रहँदा के के गरे ?

    काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्‍त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल

    • प्रकाशित मितिः असार ८, २०८१
    • 723 पटक पढिएको
  • पाँच प्रदेशमा फैलियो मनसुन, कहाँ कस्तो प्रभाव ?

    काठमाडौं  ।   अहिले देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव फैलिएको छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम

    • प्रकाशित मितिः असार ८, २०८१
    • 335 पटक पढिएको
  • पाल्पाका किसानले फलाएको तरकारीको प्रचार गर्ने अनौठो शैली

    पाल्पा । तानसेनमा किसानले उत्पादन गरेको तरकारीको अनौठो तरिकाले प्रचार गरेका छन्। जहाँ तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभर तरकारी लगाएर प्रदर्शन गरेका थिए। शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्नेको भीड नै लागेको थियो ।तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो। कलाकारहरू गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 594 पटक पढिएको
  • काठमाडौंमा रोकिएन मेलम्चीको पानी, मनसुन सक्रिय भएपछिमात्रै मुहान बन्द गर्ने

    काठमाडौं  ।   मेलम्चीको पानी काठमाडौंमा नियमित हुने भएको छ । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार मुहानको पानी धमिलो नभएसम्मका लागि पानी नरोकिने भएको हो । मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए । उनले भने, 'आयोजनाको मुख्य हेडबक्समा पानी थिग्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन

    • प्रकाशित मितिः असार ७, २०८१
    • 362 पटक पढिएको
  • गाई काट्नेलाई कारबाहीको माग इटहरिमा प्रदर्शन

    सुनसरी   ।  धरानमा गाई-गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरूले प्रदर्शन गरेका छन्। शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरूले इटहरीमा प्रदर्शन गरेका हुन्। नेपालका प्रथम जगत् गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरूले गाई गोरु काट्नेलाई कारबाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाँड्ने धरानका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि शनिवार राती १२ बजेसम्म निशेषाज्ञा

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 646 पटक पढिएको
  • राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

    दमौली I तनहुँको सदरमुकाम दमौलीमा आयोजित दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका क्रममा सिरहाका अविनाश भट्टराईले प्रस्तुत गर्नुभएको कविता हो यो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शुक्रबार र शनिबार आयोजना गरेको साहित्य सम्मेलनका अवसरमा आयोजित कविता प्रतियोगितामा भट्टराईको उक्त कविता प्रथम बन्न सफल भयो । देशभरबाट जम्मा भएका कवि तथा साहित्यकारको जमघटले दमौली दुई दिनसम्म साहित्यमय बन्यो । सम्मेलनमा सहभागी हुन आएका कवि र साहित्यकारले आ–आफ्ना कविता, गजल, मुक्तक प्रस्तुत गरिरहँदा कार्यक्रमस्थल उल्लासमय बनेको थियो । उक्त प्रतियोगितामा सङ्खुवासभाका कवि सिजन श्रेष्ठको कविता ‘पहेँलो नक्सा’ द्वित

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 271 पटक पढिएको
  • डडेल्धुरामा १० वर्षीया बालिका मृत फेला

    डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ ।बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 533 पटक पढिएको
  • आफ्नो तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने आरोही शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे ।उनले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गरिन् ।सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 313 पटक पढिएको
  • सहकारीका सात सय बचतकर्ता प्रहरीमा

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए।यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ, कञ्चनपुरमा पनि प्रहरीले जाह

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.