समाज

    Showing 9,871-9,880 of 11,082 items.
  • अर्जुनधारा धाम परिसरमा निर्मित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिने

    झापा - झापाको अर्जुधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मित १०८ शिवलिङ्ग तथा माता पार्वती मन्दिरको प्राण प्रतिष्ठा एवं समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गरिने भएको छ ।  धामले शिवरात्री पर्वको अवसरमा फाल्गुन १ गते देखी ६ गतेसम्म भजन कृतनका साथै शिवलिङ्ग अनावरण गर्न लागिएको मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए । बिर्तामोड निवासी कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर शिवरात्री पर्वकै दिन धामलाई हस्तान्तरण गरिने धामका लेखा समिति संयोजक कृष्ण पौड्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 284 पटक पढिएको
  • विवाह गर्न वडाको सिफारिस अनिवार्य

    झापा : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ।गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 303 पटक पढिएको
  • ‘श्रीमदभागवत महापुराण’ नेपाली अनुवाद बिमोचन

    झापा - लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन  गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई ने

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 323 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 464 पटक पढिएको
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 662 पटक पढिएको
  • गोल्ड कपलाई व्यापक बनाउन भद्रपुर रन

     झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 422 पटक पढिएको
  • जनयुद्ध दिवसमा भोलि देशैभर सार्वजनिक बिदा

    झापा । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । यसअघि बागमती प्रदेश सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 585 पटक पढिएको
  • १५ जना युवालाई बिर्तामोड ८ द्वारा सिपविकास तालिम प्रदान

    बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ ।सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम गराइएको थियो ।८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मत लगायतमा तालिम प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिनुभयो ।असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष बिर्तामोड ८ का वडाअध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नु भन्दा पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 144 पटक पढिएको
  • मल्याणी गाउँका १७ घर परिवार एक वर्षदेखि खोलाको पानी पिउँदै

    डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् । २०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे । स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे ।  त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 131 पटक पढिएको
  • बैंक विरुद्ध आन्दोलनको तयारी

    बिर्तामाेड । बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध फागुन ५ गते शुक्रबार आन्दोलनको तयारी गरिएको छ । उद्योगी व्यवसायीहरूले बैंकहरुको ज्यादती सहन नसकेर सरकारलाई दबाब दिनका लागि सडक आन्दोलन गर्ने भएका हुन् ।  आफ्नो ब्यापार ब्यवसाय जोगाउनका बैंक तथा बित्तिय संस्थाले नदिएको भन्दै  सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक  नरेश कटुवालले बताए । बैंकहरुले बढाएको चर्को ब्याजदरका कारण व्यवसायिहरु व्यवसायनै छोड्ने स्थितीमा पुगेको उनले बताए । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 876 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.