समाज

    Showing 9,901-9,910 of 11,082 items.
  • खोटाङमा विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी मृत फेला

    खोटाङ / खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता किशोरी मृत फेला परेकी छन् ।हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।आइतबार दिउँसो घर फर्किनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताएका छन्।घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन्। ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष

    • प्रकाशित मितिः माघ २, २०७९
    • 368 पटक पढिएको
  • कचनकवल र कनकाईले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

    झापा / कनकाई –१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताएका छन् ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताएका हुन् ।नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङ बाट ल्याइए

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 226 पटक पढिएको
  • सुनको मूल्य वर्षकै उच्च स्थानमा

    झापा / सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो ।आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 393 पटक पढिएको
  • पाँचथरमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, २ जना घाइते

     पाँचथर / पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङ सिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरूको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डीएसपी खतिवडाले जानकारी दिएका हुन

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 355 पटक पढिएको
  • बालुवाटार छाडेर धुम्बाराहीमा सरे देउवा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् ।प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।‘बूढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने ।१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानिलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 144 पटक पढिएको
  • अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

    विराटनगर / बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन्।नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का अध्यक्ष नवीन रिजालले  बताएका छन् । सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुन सडक आन्दोलनमा फर्किने बताए छन् ।बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 144 पटक पढिएको
  • हल्दीबारीमा गरिब तथा अति बिपन्नलाई आएको खानेपानीको निःशुल्क धारा सम्पन्नलाई दिएपछि स्थानीयको गुनासो

     झापा / हल्दीबारी गाउँपालिकाका विपन्न वडामा निःशुल्क गरिब तथा अति विपन्नलाई आएको खानेपानी धारा जडान सम्पन्नको घरमा जडान भएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकाबाट गरिब तथा अति विपन्न परिवारका लागि निःशुल्क बितरण गर्ने योजना अन्तरगत आएको धारा वडा नम्बर  ३ मा ७८ सेट, वडा नम्बर ४ मा १ सय ९९ सेट र वडा नम्बर ५ मा १ सय ६५ धारा  जडान भइसकेको छ।अति गरिब तथा विपन्न परिवारलाई वितरण गर्ने भनिएको धारा सम्पन्नले परिवारले निःशुल्क पाएपछि स्थानीयको गुनासो रहेको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समिति जलथलका अध्यक्ष नवराज खरेलले शुरुमा सूचना जारी गर्दा डेढ वर्षसम्म

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 309 पटक पढिएको
  • सुनसरीमा मृत भेटियो हात्ती

     सुनसरी / सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सबडिभिजनल वन कार्यालय का रेन्जर लेखनाथ भण्डारीले जानकारी दिएका छन् ।रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्र छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर यकिन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 208 पटक पढिएको
  • झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

    झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् ।जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिएका छन् ।त्यस्तै मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । 

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 218 पटक पढिएको
  • आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

     धनकुटा/ धनकुटा नगरपालिका ४ देब्रे बासमा आज आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।देब्रो बासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।आगलागीबाट लत्ता कपडा, अन्नपात, भाडाबर्तन सहित ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरसँगै रहेको कुखुरा फार्मका २ सय वटा कुखुराका चल्ला समे

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.