शिक्षा

    Showing ९१-१०० of १,००९ items.
  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक,कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट प

    • प्रकाशित मितिः असार ३, २०८३
    • २०४ पटक पढिएको
  • विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

    भजनी। कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले नतिजामा आधारित अनुदान प्रदान गरेको छ । नतिजामा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर शैक्षिक गुणस्तर बढाउनका लागि त्यस्तो व्यवस्था लागू गरेको हो ।शैक्षिकसत्र २०८२ मा माध्यमिक तहतर्फ सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल जनता मावि मुनुवाले रु चार लाख नतिजामा आधारित अनुदान प्राप्त गरेको  छ । त्यसैगरी, दोस्रो हुने राष्ट्रिय मावि अमौराले रु दुई लाख ५० हज

    • प्रकाशित मितिः असार ३, २०८३
    • ३०७ पटक पढिएको
  • कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिएका छन् । उनले कानुनी दायरा र मापदण्डभित्र रहेर सञ्चालन भएका कुनै पनि व्यवसाय वा लगानीलाई राज्यले नियन्त्रण नगर्ने पनि स्पष्ट पारे ।  केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गतको प्यानल डिस्कसनमा बोल्दै सहसचिव सापकोटाले निजी क्षेत्रलाई कानुनी परिपालनामा प्रतिबद्ध रहन आग्रह गरे । ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल बहसमा बोल्दै सापकोटाले नेपालको संविधानमा माध्यमिक शिक्

    • प्रकाशित मितिः असार २, २०८३
    • २३८ पटक पढिएको
  • शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत उमेश श्रेष्ठ

    काठमाडौं । शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याए । हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउन आवश्यक रहेको बताए । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताएका हुन् । ‘संसारको अभ्यासलाई ह

    • प्रकाशित मितिः असार २, २०८३
    • २३७ पटक पढिएको
  • नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो डा महाश्रम शर्मा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा महाश्रम शर्माले पछिल्लो समय शिक्षा क्षेत्रमा ‘लर्निङ क्राइसिस’ देखिएकाले यसलाई तत्काल सुधार गर्नुपर्नेमा बताएका छन् । विगत तीन दशकमा नेपालको शिक्षा क्षेत्रले पहुँच र समावेशिताका हिसाबले ठूलो फड्को मारे पनि सिकाइ उपलब्धिमा भने अझै चुनौती रहेको उनको भनाइ छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’मा कि–नोट स्पिकरका रुपमा शर्माले भने,‘विगत तीन दशकको शिक्षालाई पछाडि फर्केर हेर्ने हो भने पहिलो चरणमा विद्यालयमा विद्यार्थीको पहुँच पुर्याउन ठूलो मिहिनेत गर्नुप

    • प्रकाशित मितिः असार २, २०८३
    • २४२ पटक पढिएको
  • १९० किशोरी आत्मरक्षा तालिमबाट प्रशिक्षित

    रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा

    • प्रकाशित मितिः असार २, २०८३
    • ४८४ पटक पढिएको
  • माग पुरा नभएको भन्दै आन्दोलनको तयारीमा शिक्षक र कर्मचारी

    काठमाडौं । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको र बजेटले माग सम्बोधन नगरेको भन्दै शिक्षक र विद्यालय कर्मचारी पुनः आन्दोलनको तयारीमा जुटेका छन्। शिक्षा ऐन जारी नहुनु, सेवा–सुविधाका विषयमा बेवास्ता हुनु र पुराना प्रतिबद्धता अलपत्र पर्नुले असन्तुष्टि बढेको उनीहरूको भनाइ छ।शिक्षक र विद्यालय कर्मचारीले सरकारविरुद्ध फेरि आन्दोलनको चेतावनी दिएका छन्। गत वर्ष भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलनको तयारीमा लागेको हो। महासंघका अनुसार शिक्षा ऐन जारी गर्ने, सेवा–सुविधा सुधार गर्ने लगायतका प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेका छैनन्। यही कारण शिक्षकहरू आन्दोलनतर्फ धकेलिएक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ३६६ पटक पढिएको
  • ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

    म्याग्दी। यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ ।कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् । यहाँ शिक्षक—कर्मचारीको सङ्ख्या पनि तीन नै रहेको छ । स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी हुनुहुन्छ । यहाँ रहेका विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना हुनुभएको हो भने नेलसन र

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३९६ पटक पढिएको
  • काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणाः उद्धार, हेरचाह, औषधोपचार र पुनस्स्थापना जारी रहने

    काठमाडौं— काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ ।सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको हो । यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डं

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ४८२ पटक पढिएको
  • अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

    काठमाडौं— बाँकेको कोहलपुर नगरपालिकाले बढ्दो गर्मी र तातो हावाको प्रभावलाई ध्यानमा राख्दै नगरभित्रका सबै विद्यालयमा तीन दिनका लागि बिदा घोषणा गरेको छ।नगरपालिकाका अनुसार उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जेठ २५ गतेदेखि २७ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगित गरिएको हो।पछिल्ला दिनहरूमा बाँकेसहित तराईका विभिन्न जिल्लामा तापक्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ। यस अवस्थाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ४८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.