शिक्षा

    Showing १२१-१३० of १,००९ items.
  • छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदनः आवेदन स्वीकृत गर्ने क्रम जारी

    काठमाडौं— काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्नु पर्नेछ ।प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्या

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५६४ पटक पढिएको
  • नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    काठमाडौँ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भन्नुभयो, “विद्यावाधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर  तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ । अब छिट्टै पठनपाठन थालनी हुने छ ।”संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम)

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २८२ पटक पढिएको
  • विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छांै’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधानाध्यापक विजय सुवेदीले बताउनुभयो । एक महिनासम्म सञ्चालन हुने तालिममा २० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ३२८ पटक पढिएको
  • विद्यालय जोगाउन जग्गा दान

    दोलखा— दोलखाको वैतेश्वर–३ स्थित (सामुदायिक) कालिढुङ्गा माध्यमिक विद्यालय जोगाउन स्थानीयले करिब ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। विद्यार्थी संख्या घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेपछि मिर्गे क्षेत्रका स्थानीयले नजिकै शाखा विद्यालय स्थापना गर्ने निर्णय गरेका हुन्।देविथान नजिक दान गरिएको जग्गामा अस्थायी ट्रस भवन बनाएर बाल विकासदेखि कक्षा ७ सम्म पढाइ सुरु गरिएको छ, जसले साना विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ।विद्यालय उद्घाटन गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए। गाउँपालिकाले भौतिक संरचना र शिक्षक व्यवस्थापन गर्ने जनाएको छ। स्थानीय करिब १५ जनाले जग्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ५५९ पटक पढिएको
  • मन्त्री पोखरेल भन्छन विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिएका हुन् ।कार्यक्रममा मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता न

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ५३५ पटक पढिएको
  • हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

    जुम्ला। जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ ।   विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालय

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ३१२ पटक पढिएको
  • एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

    भोजपुर। यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको ब

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ३३३ पटक पढिएको
  • सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

    कञ्चनपुर। आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ ।कार्यक्रम विशेषग

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ३७७ पटक पढिएको
  • मन्त्री पोखरेल भन्छन राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकेको छैन

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् ।बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताए । उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए ।उनले भने, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । खेलकुद क्षेत्रला

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ६१९ पटक पढिएको
  • शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्त्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ ।परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिष

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ५५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.