शिक्षा

    Showing 171-180 of 776 items.
  • इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमालाई एक लाख दिए, एमबीबीएससम्म पढाइदिने बाचा

    भक्तपुर— भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।गोमा एसईईको नतिजाका दिन प

    • प्रकाशित मितिः असार १९, २०८२
    • 547 पटक पढिएको
  • विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

    मुगु – खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र

    • प्रकाशित मितिः असार १९, २०८२
    • 221 पटक पढिएको
  • काठमाडौं महानगरले कक्षा ११–१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ / १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।इच्छुक विद्यार्थीहरूले असार १८ देखि २७ सम्म अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।सूचनामा उल्लेख गरिएअनुस

    • प्रकाशित मितिः असार १८, २०८२
    • 509 पटक पढिएको
  • लालबन्दीमा नगर र वडा अनुदान शिक्षक ६ महिनादेखि तलबविहीन

    सर्लाही— जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबविहीन भएका छन् । अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकहरु ६ महिनादेखि तलबविहीन भएका हुन् । आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा समेत तलब नपाएपछि उनीहरूमा गहिरो असन्तोष र निराशा बढेको छ। सो नगरपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा कार्यरत नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरूले विगत ६ महिनादेखि पारिश्रमिक नलिई काम गर्न बाध्य भएका छन्। शिक्षकहरू विद्यालयमा नियमित शिक्षण कार्यमा संलग्न रही आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको गुनासो गर्छन्। “हाम

    • प्रकाशित मितिः असार १७, २०८२
    • 996 पटक पढिएको
  • बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

    मकवानपुर  -  मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै

    • प्रकाशित मितिः असार १७, २०८२
    • 223 पटक पढिएको
  • शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि सुरु भयो शिक्षा समिति

     काठमाडौं — विद्यालय शिक्षा विधेयकका विषयमा सहमति नजुट्दा शिक्षा समितिको बैठक ढिलो गरी सुरु भएको छ। बिहान ८:३० बजे बोलाइएको बैठक आज साँझ ४ बजेपछि मात्र सुरु भएको हो।शिक्षक महासंघले सरकारलाई दिएको अन्तिम म्याद (असार १५) पछि सडक संघर्ष स्थगित गरे पनि अन्तिम घडीसम्म सहमति जुट्न नसक्दा बैठक अन्योलमा परेको थियो। सहमतिको प्रयासस्वरूप महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए।समितिबाट हिजै विधेयक पारित गर्ने तयारी भए पनि केही विवादास्पद विषयमा सहमति नहुँदा विधेयक पारित हुन सकेन। विशेषतः शिक्षक पदपूर्तिका प्रावधानमा विवाद देखिएको छ।शिक्षा मन्त्रालयले पदपूर्ति प्रक्रिया ६० प्रतिशत आन्तरि

    • प्रकाशित मितिः असार १६, २०८२
    • 271 पटक पढिएको
  • शिक्षक महासंघ बैठकबाट बाहिरियो, ७५/२५ पदपूर्ति प्रस्तावमा अडिग

    काठमाडौं — नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट असहमति जनाउँदै बाहिरिएका छन्। शिक्षक पदपूर्तिको प्रक्रिया ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सरकारी प्रस्तावमा सहमति नजुटेपछि उनीहरू बैठक छाडेका हुन्।महासंघका महासचिव तुलाबहादुर थापाले सरकारसँग पहिले नै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाको सहमति भएको दाबी गर्दै भने, “सरकारले पटक–पटक हामीसँग ७५/२५ मा सहमति गरिसकेको छ। हामीले त्यही माग राख्यौं, तर उहाँहरूले शिक्षा विधेयक ७५/२५ मा अगाडि बढाउन नसकिने बताएपछि हामी बैठकबाट निस्कियौं।”सोमबार बिहान ८ बजेका लागि बोलाइएको

    • प्रकाशित मितिः असार १६, २०८२
    • 248 पटक पढिएको
  • पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

    फुङ्लिङ, १६ असारः ताप्लेजुङमा कार्यरत १३  शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्य

    • प्रकाशित मितिः असार १६, २०८२
    • 267 पटक पढिएको
  • एसईईको नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने

    काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले जनाएको  छ। प्राविधिक प्रक्रिया पूरा गरी बोर्डले आज निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ । एसईई २०८१ को परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरका २,००० भन्दा बढी परीक्षा केन्द्रहरूमा एकैसाथ सञ्चालन गरिएको थियो। यस वर्ष देशभरबाट करिब ५ लाख २७ हजार विद्यार्थी सहभागी भएका थिए।विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, वेबसाइट र मोबाइल एप्समार्फत प्राप्त गर

    • प्रकाशित मितिः असार १३, २०८२
    • 1,565 पटक पढिएको
  • एसईई नतिजा प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्दै

    भक्तपुर— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४

    • प्रकाशित मितिः असार १३, २०८२
    • 506 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा