दमौली। तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ९४ लाख ५७ हजारको ला
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा र बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्। नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था, सेवा विस्तार तथा नीतिगत सुधारका विषयमा सरोकारवालासँग भएको छलफलमा उनले समावेशी शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिने स्पष्ट पारे। शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार, गैरसरकारी संस्था, मनोवैज्ञानिक, थेरापिस्ट, विशेष शिक्षा विज्ञ, अपाङ्गता क्षेत्रमा कार्यरत संस्था तथा अभिभावक समूहका प्रतिनिधिको सहभागिता रहेको थियो।छलफलमा न्यूरोविक
जनकपुर / वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा। विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख ग
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार तथा ज्यालादारी श्रमिकहरू रोजगारी सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन्। उनीहरूले सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्दै आफूहरूको माग तत्काल सम्बोधन गर्न व्यवस्थापनमाथि दबाब बढाएका छन्।करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई तत्काल पुनः काममा फर्काउनुपर्ने मुख्य माग अघि सारेको छ।समितिका अनुसार लामो समयदेखि परिषद्मा काम गर्दै आएका श्रमिकको रोजगारी नै अनिश्चित बनेपछि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो। उनीहरूले आफूहरूलाई हाल कार्यरत पदमै न
रामेछाप / पेशाले शिक्षक भए पनि दिलबहादुर अछामीले कृषि क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेका छन्। मन्थली नगरपालिका–७ भटौलीस्थित खहरेछेउको बाँझो खोरिया बारीलाई उत्पादनशील बनाउँदै उनले ड्रागन फल खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्। रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा अध्यापनरत अछामीले तीन वर्षअघि करिब पाँच लाख रुपैयाँ लगानी गरी ड्रागन खेती सुरु गरेका थिए। दुई वर्षमै लगानी उठाइसकेका उनले अहिले यसबाट नियमित नाफा लिन थालेका छन्। उनका अनुसार गत वर्ष करिब तीन लाख रुपैयाँ बराबरको ड्रागन बिक्री भएको थियो भने यस वर्ष बिक्री चार लाख रुपैयाँ नजिक पुग्ने अपेक्षा छ। करिब एक रोपनी क्षेत्रफलम
काठमाडौं / नेपाल शिक्षक महासंघले आफ्ना माग र सरकारसँग भएका सहमति कार्यान्वयन नभए भदौ महिनादेखि आन्दोलनमा जाने चेतावनी दिएको छ।महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो। साउन १६ र १७ गते काठमाडौंमा सम्पन्न बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै महासंघले आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मेवारी विस्तारित कार्यालयीय बैठकलाई दिएको जनाएको छ। महासंघले विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकार र संघीय संसद्सँग माग गरेको छ।लामो समयदेखि छलफलमा रहेको शिक्षा ऐन जारी न
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को तीन वर्षे बीए आंशिक तथा मौका परीक्षाको नतिजा लामो समयसम्म सार्वजनिक नहुँदा हजारौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र विभिन्न प्रवेश परीक्षाबाट वञ्चित भएका छन्। नतिजा ढिलाइको विरोध गर्दै विद्यार्थीहरूले त्रिविका निकायदेखि हेलो सरकार सम्म उजुरी दिएका छन्।विद्यार्थीका अनुसार २०८२ सालमै परीक्षा फाराम भरिए पनि परीक्षा २०८३ जेठमा मात्रै सञ्चालन भयो। परीक्षा सकिएको लामो समय बितिसक्दा पनि नतिजा नआएपछि एलएलबी लगायतका उच्च शिक्षामा भर्ना हुन नपाएको गुनासो उनीहरूको छ।परीक्षा नियन्त्रण कार्यालय बल्खुले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको र भदौको पहिलो
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा परिणाम देखिने गरी कार्यसम्पादन गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिएको छ।मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै अब स्पष्ट उपलब्धि देखिने गरी काम गर्नुपर्नेमा जोड दिइएको हो। बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि गरेका कार्य, विकास आयोजनाको प्रगति, बजेट खर्च, सेवा प्रवाह, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो। कार्यान्
काठमाडौं। करिब चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अन्ततः पुनः सञ्चालनको तयारीमा जुटेको छ। समाज कल्याण परिषद्ले लगाएको ताला बुधबार खोलिएसँगै पुस्तकालय फेरि पाठकका लागि खुल्ने बाटो खुलेको हो।पुस्तकालयले परिषद्लाई करिब ३ करोड रुपैयाँ भाडा बक्यौता तिर्न बाँकी रहेको कारण गत ११५ दिनअघि तालाबन्दी गरिएको थियो। तर ज्ञान र शिक्षासँग जोडिएको संस्थाको महत्वलाई ध्यानमा राख्दै बक्यौता समस्या तत्काल समाधान नभए पनि परिषद्ले ताला खोल्ने निर्णय गरेको जनाएको छ।हाल पुस्तकालयभित्र लामो समयदेखि थन्किएका पुस्तकहरूको व्यवस्थापन, सरसफाइ तथा अन्य प्रशासनिक तयारी तीव्र रूपमा भ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.